चीन-भियत्नाम दौत्य सम्बन्ध स्थापनाको ७१ औं वार्षिकोत्सवको अवसरमा राष्ट्राध्यक्ष सीको बधाई सन्देश
2021-01-18 14:14:44CRI
Share with:

चीन-भियत्नाम दौत्य सम्बन्ध स्थापना भएको ७१ औं वार्षिकोत्सवको अवसरमा जनवरी १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भियत्नामका राष्ट्राध्यक्ष नुयेन फु त्रोङ्गलाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले भन्नुभएको छः महामारीको सामना गर्दा हामी दुवै पक्षले हातमा हात मिलाएर महामारी नियन्त्रण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं। चीन-भियत्नाम दौत्य सम्बन्ध स्थापनाको ७१ औं वार्षिकोत्सवको अवसरमा व्यवहारिक रूपमा कमरेड जोड दाइजुभाइ भन्ने गहिरो मित्रतालाई मजबूत पार्दै जाने छौं। आपसी मैत्रीपूर्ण छिमेकीपनको विकास गर्दै हितयुक्त सहयोगलाई गहन पार्नु नै दुवै पक्षको साझा रणनीति तथा हितसँग अनुकूल हुन्छ। कमरेड नुयेनसँग दुबै पार्टी तथा आपसी सम्बन्धमा नयाँ प्रगति हासिल गर्दै जाने इच्छा छ।