हातद्वारा बनाइएको यति मसिनो चाउचाउ खानुभएको छ?
2021-01-18 14:38:33CRI
Share with:

हातद्वारा बनाइएको यति मसिनो चाउचाउ खानुभएको छ?_fororder_hima0118-1.JPG

हातले बनाएको ०.६-०.७ मिलिमिटर मसिनो नूडल (चाउचाउ) तपाईँले खानुभएको छ? चीनको फुच्यान प्रान्तीय फुचौमा पाइने यस्तो मसिनो नूडललाई ‘रेखा नूडल’ भनिन्छ। ८०० वर्षको इतिहास बोकेको यस किसिमको नूडल बनाउन लगभग ९ घण्टा लाग्छ र यस नूडलको लम्बाइ १८० सेन्टिमिटरसम्म हुन्छ। नूडल मसिनो भए तापनि पानीमा पकाउँदा टाँस्दैन र जस्ताको तस्तै रहन्छ। चाडपर्व, ठूलो समारोहमा फुचौबासीहरूको यस्तो रेखा नूडल खाने चलन छ।