#राष्ट्राध्यक्ष सीका क्षणहरू#सीद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुद र पाराओलम्पिक खेलकुदको तयारी कार्यको निरीक्षण
2021-01-18 20:05:29cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले १८ तारिख पैचिङ हिउँदे ओलम्पिक खेलकुद तथा पाराओलम्पिक खेलकुदको तयारी कार्यको निरीक्षण गर्नुभएको छ।

सीले पैचिङको हाइत्येन जिल्लामा पर्ने राजधानी खेलकुद भवन र यानछिङ जिल्लामा पर्ने राष्ट्रिय स्की केन्द्र र राष्ट्रिय स्नोमोबाइल केन्द्रको निरीक्षण गर्नुभयो। सो अवसरमा उहाँले खेलकुद भवनको निर्माण र खेलाडीको तयारीलगायत अवस्थाबारे बुझ्नुका साथै खेलाडी, प्रशिक्षक, यानछिङ खेलकुद क्षेत्रका संरक्षण र निर्माण प्रतिनिधिसँग पनि भलाकुसारी गर्नुभयो।