#अल्पसंख्यक जाति# चिया किसानको धनी बाटो
2021-01-19 19:43:54cri
Share with:

#अल्पसंख्यक जाति# चिया किसानको धनी बाटो_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_6016_34af2307-bb76-4839-b07a-ff3a5b368603

चिया चिनियाँ हु पै प्रान्तीय चक्वी जिल्ला छाङलिङ गाउँको मुख्य उद्योग व्यवसाय हो। महामारी र बाढी प्रकोपको प्रभावमा वसन्त र गृष्म ऋतुमा चिया टिप्ने, प्रशोधन गर्ने तथा बिक्री गर्ने क्रममा अवरोध गरिएको छ। तर शरद ऋतुमा प्रचुर फसल भित्र्याएको चियाले पहिले चिया किसानको घाटा पूर्ति गरेको छ। खुशीका साथ चिया किसान चौ लिच्यौले घरमै प्रचुर फसल भित्र्याउन मनाउने समारोहको आयोजना गर्नुभयो। पहिला किसान चौ लिच्यौ माउफिङ जिल्ला छाङ लिङ गाउँमा दर्ताकृत गरिब हुनुहुन्थ्यो। उहाँले यसरी भन्नुभयो-“यस शरदमा चियाको बिक्री भाउ राम्रो छ। एक वर्षको प्रयास लायक छ। संगीत बजाएर मनाउँछौं। गाउँमा कार्यरत् गरिबी निवारण मण्डललाई धन्यवाद।”

तर गरिबी निवारण मण्डल गाउँमा पुगेको बेला किसान चौले उनीहरूलाई वेवास्ता गर्नुभएको थियो।

छाङलिङ गाउँमा कार्यरत् गरिबी निवारण मण्डलका प्रमुख ह च्यानकाङले यसरी सम्झना गर्नुभयो-“उहाँले भन्नुभयो कि तिमीले मलाई सुनाउँनुपर्दैन। हाम्रो पुस्तौ पुस्तादेखि यसैगरी काम गर्दै आएका छौं, तिम्रा कुरामा मलाई विश्वास छैन।”