शाङहाइमा सीपीसीका ऐतिहासिक स्थलहरू
2021-01-20 10:42:22CRI
Share with:

शाङहाइमा सीपीसीका ऐतिहासिक स्थलहरू_fororder_hima20210121-1

शाङहाइ चीनको व्यापारिक र आर्थिक नवीन केन्द्र रहेको सर्वविदित छ। चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन र दोस्रो महाधिवेशन आयोजित भएको ऐतिहासिक स्थल पनि शाङहाइ नै हो। शाङहाइ नगरपालिकाबाट प्राप्त सबभन्दा पछिल्लो तथ्याङ्क वमोजिम, हालसम्म सन् १९१९ देखि १९४९ सम्ममा शाङहाइमा भेटिएका चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक महत्वका स्थल ‘लाल श्रोत’को संख्या ६१२ पुगेको छ। यतिबेला चिनियाँ कम्युनिष्ट पार्टीको लाल इतिहास बोकेका पुराना भवनहरू शाङहाइबासीहरूको दैनिक जीवनसँग अन्योन्याश्रित बनेका छन्।