चिनियाँ पात्रोअनुसार जनवरी २० तारिख बाह्रौं महिनाको आठौं दिन हो र यस दिनमा "लाबा चे" चाड पर्दछ। परम्परागत रीतिरिवाज अनुसार यसदिनपछि वसन्त चाड तयारी कार्य सुरू हुने गर्छ। यो दिन चिनियाँहरूले चामल,दाल,मकै आदिको खोले खाने चलन छ। नेपाली समयबमोजिम आज जनवरी २० तारिख बुधबार एघार बजेर पन्ध्र मिनेट जाँदा ललिजाजीले फेसबुकमा प्रत्यक्ष प्रसारण गरी लाबा खोले बनाउनेआदि रमाइलो कार्यक्रम देखाउनुहुनेछ। नेपालीहरूलाई दाल मन पर्छ। दाल पनि विभिन्न प्रकारका हुन्छन्। चीनको लाबा खोले नेपाली दालभन्दा फरक छ कि? प्रत्यक्ष प्रसारण हेरेर कमेन्ट गर्नुहोस् है।