ह्वांग शान पहाड-2
2021-01-20 17:28:14cri
Share with:

ह्वांग शान पहाड-2_fororder_01

प्राकृतिक दृश्य बाहेक, ह्वांग शान पहाडको गहन साँस्कृतिक इतिहास पनि छ। चीनको इतिहासमा धेरै कवि, चित्रकार र अन्य कलाकारहरुले ह्वांग शान पहाडका बारेमा प्रशस्त कला र ग्रन्थहरुको सिर्जना गरेका छन। कविताको हेतुबाट हेर्दा मात्र प्राचीन चीनका ली पाइ, च्या ताउ, फांग छंग ता, ष थाऊ र कोंग च चन लगायतका प्रसिद्ध कविहरुले ह्वांग शान पहाडको गुणगान गर्दै कविताहरुको रचना गरेका छन। हालसम्म संरक्षित त्यस्ता कविताहरुको संख्या बीस हजारभन्दा बढी छ।

कलाको विषयमा कुरा गर्दा ह्वांग शान पहाडको विशेष चित्र-समूह छ जुन ह्वांग शांग पहाडको सँस्कृतिमा विद्यमान एउटा चहकिलो मणि हो। ह्वांग शान पहाडको चित्र-समूहका चित्रकारहरुले निरन्तर रुपमा ह्वांग शान पहाडको रमणीय दृश्यबाट नयाँ विचारको खोजी गरी आफ्ना चित्रमा प्रशस्त विषय समावेश गरेका छन। विश्वको चित्र-मञ्चमा यस्ता चित्रहरुको आफ्नो विशेष स्थान छ। आधुनिक फोटोकारहरुले ह्वांग शान पहाडलाई ग्रन्थको सिर्जनाको मूहान बनाएर अधिकांश सुन्दर फोटाहरु खिचेका छन। यसका अतिरिक्त, चीनमा एउटा किम्बदन्ती छ: चीन राष्ट्रका प्रथम सम्राटले त्यहीं तपस्या गर्नुभएको थियो। यसैकारण अहिलेसम्म ह्वांग शान पहाडका चुचुराहरुमध्ये प्रायजसोको नाम देव-देवी सम्बन्धी किम्बदन्तीबाट राखिएको छ। जस्तै स्युन युआन चुचुरो, फु छ्यु चुचुरो र ल्येन तान चुचुरो आदि। यसैकारण ह्वांग शान पहाडले चीनको ताउ धर्मको इतिहासमा निकै महत्वपूर्ण स्थान लिएको छ।