विश्व आर्थिक मञ्च “डाभोस एजेन्डा” वार्तामा चिनियाँ राष्ट्राध्यक्ष सीले सम्बोधन गर्नुहुने
2021-01-21 11:09:03cri
Share with:

जनवरी १९ तारिख दिउँसो चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा राष्ट्राध्यक्ष सी चिन फिङले विश्व आर्थिक मञ्च “डाभोस एजेन्डा” वार्तामा भाग लिनुहुने जानकारी गराइयो। उक्त वार्तामा चीनको केकस्तो प्रतिक्षा गरेको छ भन्ने प्रश्नमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सन् २०१७ को जनवरीमा राष्ट्राध्यक्ष सीले पहिलो पटक विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिनुभएको र उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको बताउँदै राष्ट्राध्यक्ष सीको सम्बोधन अन्तर्राष्ट्रिय समाजद्वारा प्रतिक्रिया जनाइएको कुरा बताउनुभयो।

प्रवक्ता ह्वाले कोरोना भाइरस महमारी सधैं नै विश्वभरि फैलिइरहेको, विश्व अर्थतन्त्र ह्रास भएको बताउँदै चीनले यस पटकको वार्ताले विश्वको पारस्परिक विश्वासको पुनःनिर्माण गर्नसक्ने र विश्वको सहयोगलाई पुनरुत्थान गर्नसक्ने कुरामा जोड दिनुभयो। अन्तर्राष्ट्रिय समाजको सामु देखापरेको विश्वव्यापी समस्याको समाधान गर्नका लागि चीनले योगदान दिनसक्ने कुरा पनि उहाँले औँल्याउनुभयो।

वर्तमान महामारीको पृष्ठभूमिमा चीनले अन्तर्राष्ट्रिय महामारी बिरुद्धको सहयोग, विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि चीनको योगदान दिने कुरा प्रवक्ता ह्वाले बताउनुभयो।