राष्ट्राध्यक्ष सी र लाओस जनक्रान्ति पार्टीका महासचिवबीच टेलिफोन वार्ता
2021-01-22 17:06:34cri
Share with:

जनवरी २१ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले लाओस जनक्रान्ति पार्टी केन्द्रिय समितिका महासचिव थोङलौन सिसौलिथसँग टेलिफोनवार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले लाओस जनक्रान्ति पार्टीको ११औँ महाधिवेशनमा निकालिएका पार्टी र देश प्रशासन गर्ने अनेकौँ नयाँ कदम लाओस समाजवाद कार्यलाई अघि सार्न महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। थोङलौनको नेतृत्वमा रहेको लाओस जनक्रान्ति पार्टीको नयाँ केन्द्रिय समितिको नेतृत्वमा लाओसका समस्त जनक्रान्ति पार्टी र जनताले एक भएर ११औँ महाधिवेशनमा निश्चित लक्ष्य पूरा गर्ने विश्वास आफूले लिएको सीले बताउनुभयो।

प्रत्युत्तरमा थोङलौनले महामारी नियन्त्रण लगायत लाओस विकासका विभिन्न अवधिमा चीनले दिएको मूल्यवान समर्थन र सहयोगप्रति आभार व्यक्त गर्नुका साथै लाओसले लाओस-चीन भाग्य समुदायलाई व्यवहारमा उतार्नुका साथै चीनसँग बेल्ट एन्ड रोडलगायत क्षेत्रका सहयोगलाई अघि बढाउने उल्लेख गर्नुभयो।