चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत अनुशासन निरीक्षण आयोगको वार्षिक बैठकको आयोजना
2021-01-22 19:52:54cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत अनुशासन निरीक्षण आयोगको वार्षिक बैठक आज २२ तारिख पैचिङ्गमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकमा भाग लिँदै भाषण दिनुभएको छ।

यस बैठकले यस वर्षको अनुशासन निरीक्षण कामको बन्दोबस्त गर्ने छ। अनुशासन निरीक्षण प्रणालीको सुधारलाई गहन पार्नु र कानूनीकरण निर्माणको प्रवर्द्धन नै यस वर्षका मुख्य काम बन्ने छ।