#आँखीझ्याल# महामारीमा “गुड बेबी” समूहको संचालन पासवर्ड
2021-01-22 16:18:41cri
Share with:

#आँखीझ्याल# महामारीमा “गुड बेबी” समूहको संचालन पासवर्ड_fororder___172.100.100.3_temp_9500027_1_9500027_1_1_135355e5-583a-4639-9c0b-b85955421a16

 

हाल कोरोना भाइरस महमारी विश्वभरि फैलिइरहेको छ। महामारीबाट विश्व अर्थतन्त्रमा असर परेको छ। विभिन्न मुलुकको उद्योग-व्यवसायका सामु अभूतपूर्व चुनौती देखापरेको छ। चिनियाँ उद्योग-व्यवसायहरू पनि प्रभावित भएका छन्।

गुडबेबी समूह चीनको च्याङ सु प्रान्तीय खुन शान शहरमा पर्दछ। सन् १९८९मा यो समूहको स्थापना भएको थियो। चीन, अमेरिका, जर्मनी गुडबेबी समूहका सबैभन्दा महत्वपूर्ण तीन वटा बजार हुन्। सन् २००९मा चीन, उत्तर अमेरिका, युरोपमा हरेक २.९ वटा स्ट्रोलरमध्येको एक गुडबेबी कम्पनीद्वारा उत्पादन गरिएको हो। हाल एशिया, यूरोप, उत्तर अमेरिकामा यो समूहको सात वटा अनुसन्धान तथा विकास केन्द्र, चालीस वटा बिक्री केन्द्र, दुई हजार वटा पसल छन्। अमेरिका र मेक्सिकोमा यो समूहको कारखाना छ। शक्तिशाली उद्योग-व्यवसायको रुपमा यो समूहको विदेशी व्यापारमा सन् २०२०मा कोरोना भाइरस महामारीबाट असर परेको थियो। यो समूहका अध्यक्ष सुङ चङ व्हान भन्नुहुन्छ “सन् २०२०को मार्च महिनापछि विदेशी बजारमा केही असर परेको थियो। मुख्य असर आपूर्तिको असर थियो। यूरोप र अमेरिका हाम्रो मुख्य बजार हो। तर यूरोप र अमेरिकामा कोरोना भाइरस महामारी गम्भीर छ। हामीले यात्रासम्बन्धी उत्पादित-वस्तुहरू मुख्यतःउत्पादन गर्छौं। तर मानिसहरूको यात्रामा महामारीबाट असर परेको र केही पसल बन्द भएको अवस्था हो।”