सर्वसाधारण निकटको भ्रष्टाचार समस्याको समाधान गरिरहनुपर्छ: सी चिनफिङ
2021-01-23 16:46:09cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले २२ तारिख केन्द्रिय अनुशासन समितिको वार्षिक बैठकमा सर्वसाधारण निकटको भ्रष्टाचार र कार्यशैली समस्याको समाधान गरेर सर्वसाधारणलाई न्याय तथा निष्पक्षता दिनुपर्ने कुरामा जोड दिनुभयो।

सीले राजनीतिक तथा कानूनी मोर्चामा रहने अनुशासन तथा कानून विपरीतका समस्याको समाधान गरी दुष्ट्याइँका संरक्षकमाथि कडा प्रहार गरी चिकित्सा, पेन्सन, गरिबी निवारण, वातावरण संरक्षण लगायत क्षेत्रका भ्रष्टाचारको लगातार समाधान गर्दै जानुपर्ने दोहोर्याउनुभयो।