भ्रष्टाचार नियन्त्रण कठिन भएपनि गर्नैपर्छ: सी चिनफिङ
2021-01-23 16:44:56cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले केन्द्रिय अनुशासन समितिको वार्षिक बैठकमा पार्टी शासनको सबैभन्दा जोखिमको रूपमा भ्रष्टाचार रहिरहने बताउँदै भ्रष्टाचार नियन्त्रण संघर्ष लामो समयसम्म रहने बताउनुभएको छ। साथै उहाँले कठिनै नै भएपनि भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने दोहोर्याउनुभयो।

सीले चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीको कार्यशैली र स्वच्छ तथा इमान्दार प्रशासनको निर्माण र भ्रष्टाचार प्रतिरोध गर्ने काम कहिले पनि रोकिन नहुने कुरामा जोड दिनुभयो।