राष्ट्राध्यक्ष सीद्वारा मध्य अफ्रिकाका राष्ट्रपतिलाई बधाई सन्देश
2021-01-23 16:41:06cri
Share with:

जनवरी २२ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मध्य अफ्रिकाका राष्ट्रपतिमा पुनः नियुक्त हुनुभएकोमा त्यहाँका राष्ट्रपति फाउस्टिन आर्केन्ज टुवाद्रलाई बधाई सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार हाल केही वर्षयता चीन र मध्य अफ्रिकाबीचको सम्बन्धले असल विकसित प्रवृत्ति कायम राख्दै आएको छ। चीनले मध्य अफ्रिकाबीचको सम्बन्धको विकासलाई उच्च ध्यान दिँदै राष्ट्राध्यक्ष टुवाद्रसँग यी दुबै मुलुकबीचको मैत्रीपूर्ण सहयोगमा अझ बढी उपलब्धि सिर्जना गर्न प्रयास गर्दै जाने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।