चीनले सक्रिय रूपमा बहुपक्षीयताको व्यवहार गर्ने
2021-01-25 16:41:20cri
Share with:

विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्ता  जनवरी २५ तारिखदेखि २९ सम्म अनलाइनमा आयोजना हुँदैछ। विश्व अर्थतन्त्र मञ्चका स्थापक एवं अध्यक्ष क्लाउस श्वाबको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङफले भिडियोद्वारा विशेष सम्बोधन गर्नुहुनेछ।

चार वर्षअघि राष्ट्राध्यक्ष सीले पहिलोपटक मञ्चको वार्षिक बैठकमा सम्बोधन गर्दै अर्थतन्त्रको विश्वव्यापीकरणबारे चीनको धारणा र अडान व्याख्या गर्नुभएको थियो। सीको उक्त सम्बोधनको अन्तर्राष्ट्रिय जगतबाट हार्दिक स्वागत गरिएको थियो। वर्तमान अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रका गन्यमान्य व्यक्तिहरू राष्ट्राध्यक्ष सीको विशेष सम्बोधनको प्रतीक्षा गरिरहेका छन्।

ब्राजिलको चिनियाँ मामिला अनुसन्धान केन्द्रका प्रमुख रोनी स्लिनका अनुसार, विश्व अर्थतन्त्रमा चीनको महत्वपूर्ण स्थान रहेको छ। चिनियाँ अर्थतन्त्र सामान्य अवस्थामा फर्कने गति झन छिटै भएमा अरू देशको अर्थतन्त्र फर्कने गति पनि छिटो हुनेछ। पूरै विश्वले चिनियाँ अर्थतन्त्रलाई छिटै सामान्यतामा फर्कने आशा गरेको छ। किनकि चीन विश्वको आर्थिक इन्जिन हो।

इजिप्ट अखवार पिरामिडका उप-महासम्पादक सामी कामहावीले चिनियाँ अर्थतन्त्रको वृद्धि चीनले महामारीको सामना गर्ने सही तरिकाको नतिजा भएको विचार गर्नुभएको छ।

विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्तामा  ७० भन्दा बढी देश तथा क्षेत्रका १५०० जना भन्दा बढी नेतागणले केन्द्रीय वर्षको प्रयोग गरी विभिन्न पक्षबीचको विश्वासको पुनर्निर्माण भन्ने मुख्य विषयवस्तुबारे विश्लेषण तथा छलफल गर्नेछन्। विभिन्न पक्ष चिनियाँ राम्रो उपायको प्रतीक्षा गरिरहेका छन्।