#समाचार सन्दर्भ# चीन विश्वमा सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक
2021-01-26 17:40:19cri
Share with:

#समाचार सन्दर्भ# चीन विश्वमा सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक_fororder_1

संयुक्त राष्ट्र संघ व्यापार तथा विकास सम्मेलनले २४ तारिखका दिन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२० मा अमेरिकाले भित्र्याएको विदेशी लगानी १ खरब ३४ अरब अमेरिकी डलर छ। जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले घटेको छ। यसबाहेक बेलायत, जर्मनी र जापानले भित्र्याएको लगानी पनि घटेको छ।

सन् २०२० मा बेलायतले भित्र्याएको विदेशी लगानी सन् २०१९ को तुलनामा ऋणात्मक देखिएको छ। सन् २०१९ को ४५ अरब अमेरिकी डलरबाट सन् २०२० मा ऋणात्मक १ अरब ३० करोड अमेरिकी डलर भएको छ।

यसका साथै सन् २०२० मा चीनले भित्र्याएको विदेशी लगानी वृद्धि हु गई अमेरिकालाई नाघेर विश्वमा सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक बनेको छ। संयुक्त राष्ट्र संघ व्यापार तथा विकास सम्मेलन अन्तर्गत लगानी तथा व्यवसाय विभागका प्रमुख चान स्याउनिङले हालै पत्रकारसँगको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

व्यापार तथा विकास सम्मेलनको अनुमान अनुसार, सन् २०२० मा चीनले प्रयोग गरेको विदेशी लगानी सन् २०१९ को दाँजोमा ४ प्रतिशतले वृद्धि भएको छ जुन १ खरब ६३ अरब अमेरिकी डलर पुगेको छ।

केही वर्षदेखि चीनमा विदेशी लगानी निरन्तर रूपमा वृद्धि भइरहेको छ। महामारीपछि चीनले छिटो महामारीको नियन्त्रण तथा चीनको अर्थतन्त्र पनि छिटो पुनःस्थापना भएकाले विदेशी लगानीकर्ताको ध्यान तानेको छ। साथै लगानीकर्ताको विश्वासलाई पनि बढाइएको छ।

विश्वव्यापी महामारीको अवस्थामा चीन विश्वमा सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक बनेको छ। यसको कारण चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ नै जनाताको जीवन र सुख तथा स्वास्थ्यलाई  पहिलो स्थानमा राख्नु हो। यो चीनको राष्ट्रिय प्रणालीको हितकर पक्ष हो।