सी चिनफिङ तथा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बीच टेलिफोन वार्ता
2021-01-26 09:54:20cri
Share with:

चीनका राष्ट्रध्यक्ष सी चिनफिङले जनवरी २५ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 

टेलिफोन वार्तामा राष्ट्रारध्यक्ष सीले नयाँ कोरोना महामारी देखा परेयता अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सक्रियताका साथ त्यसको सामना गर्दै यथासम्भव ओलम्पिक खेलकुदको एकता र स्थिरताको सँरक्षण गरी संसारमा महामारीको प्रतिरोध गर्न र ओलम्पिक खेलकुदको स्वस्थ विकासलाई प्रबर्द्धन गर्नका लागि सकारात्मक योगदान गरेको औँल्याउनुभएको छ। साथै अन्तर्राष्ट्रिय समाजमा ग्रीष्मकालीन र हिउँदे ओलम्पिक खेलकुद गरी दुवै खेलकुद आयोजना गर्ने एउटा मात्र शहरको हैसियतले पैचिङले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदका लागि विशेष योगदान गर्नसक्ने अठोट पनि उहाँले व्यक्त गर्नुभएको छ।

 

उक्त टेलिफोन वार्तामा अध्यक्ष बाहले चीन सरकारले उच्च महत्व दिनुका साथै चिनियाँ जनताको ठूलो समर्थनबाट नयाँ कोरोना महामारीको बावजुद पनि पैचिङ हिउँदे ओलम्पिक खेलकुदका विभिन्न तयारी कार्य सुचारु रुपमा चलिरहेको बताउनुभएको छ।