सी चिनफिङद्वारा भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा भारतीय राष्ट्रपतिलाई शुभकामना सन्देश
2021-01-26 16:07:12cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २६ तारिख भारतीय राष्ट्रपति रामनाथ गोविन्दलाई भारतको ७२ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश पठाउँदै बधाई प्रकट गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र भारत महत्वपूर्ण छिमेकी मुलुक भएको भन्दै नयाँ कोरोना महामारीसँगै सय वर्षयता बिरलै देखिने ठूलो परिवर्तन आएको पृष्ठभूमिमा चीन र भारतबीचको सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा विकसित पार्दै जानु नै दुई देश र दुई देशका जनताको मूलभूत हितसँग अनुकूल भएको औँल्याउनुभएको छ। राष्ट्रपति गोविन्दसँगै प्रयास गर्दै चीन र भारत सम्बन्धलाई सही बाटोमा अघि बढाउँदै जान आफु इच्छुक रहेको पनि उहाँले बताउनुभएको छ।