अल्पसंख्यक जाति# सिनच्याङ युगुर स्वायतमा महिला उद्यमीको कथा
2021-01-26 17:46:09cri
Share with:

अल्पसंख्यक जाति# सिनच्याङ युगुर स्वायतमा महिला उद्यमीको कथा_fororder_新疆地毯

“श्रम गरेर कमाएको पैसा सम्राटले उपहार दिएको सुनको पहाडभन्दा अझ महत्वपूर्ण हुन्छ। आफ्ना हातद्वारा सिर्जना गरिएको सुन्दर जीवन गौरवपूर्ण र आनन्ददायक हुन्छ।” यो लोभू जिल्लाको कृषि सहकारीमा कार्यरत् २७ वर्षीय डिलिनूर एमेर्नियाचले विश्वासिलो रूपमा भन्नुभयो।

सिनच्याङ युगुर स्वायत्त प्रदेशको हथ्यान क्षेत्रीय लोभू जिल्लाकी डिलिनूर एमेर्नियाच दुई बच्चाकी आमा हुनुहुन्छ। केही वर्षअघि उहाँ घरमै बच्चाको हेरचाह गर्नुहुन्थ्यो। पैसा कमाउनका लागि श्रीमान्‌ ज्यादै व्यस्त भएको देखेर श्रीमानलाई सहयोग गर्ने आशा पलायो। बच्चाहरू स्कूलमा पढ्नथालेपछि उहाँ पनि काम गर्नथाल्नुभयो।

गत वर्ष उहाँले एक सहकारीमा लेखा कार्य सुरू गर्नुभएको हो। हरेक महिना उहाँले ३ हजार ५ सय युआन कमाउनुहुन्छ। पहिलो महिनाको तलब पाएपछि उहाँले बुवा-आमा र श्रीमानका लागि नयाँ लुगा, बच्चाका लागि मीठो खाना र आफ्नो लागि लुगा तथा शृङ्गारका वस्तु किन्नुभयो। उहाँका अनुसार, पहिला श्रीमान एक्लैले पैसा कमाउनुहुन्थ्यो। हाल जोडाले दुई तलब कमाएर जीवन झन् झन् राम्रो हुँदैआएको छ।

“म चालकको सवारी इजाजत पत्रको परीक्षाको तयारी गर्दैछु। हामीले गाडी किन्ने योजना बनाएका छौं। यसरी भविष्यमा हाम्रो यात्रा अझ सुविधाजनक हुनेछ। हामी अझ टाढा क्षेत्रमा घुम्नसक्छौं।”

केही विदेशी संस्थाले सिनच्याङले महिलालाई रोजगारीमा बाध्य बनाएको जानकारी दिएका छन्। डिलिनूर एमेर्नियाचले त्यस्तो भनाइको विरोध गर्दै भन्नुभयो-

“मैले ती उल्टो मनसाय राख्ने मान्छेलाई सोध्छु, आफ्ना हातबाट सुन्दर जीवनको सिर्जना गर्नु बेठीक हो र? बच्चा जन्माएका महिलाले बाहिर गएर काम गर्नु हुँदैन र? यदि हामी काम नगरेमा तिनीहरूले हामीलाई पैसा दिन्छन् र? बच्चा हुर्काउन तिनीहरूले सहयोग दिन्छन् र?”

थुलुफान शहरकी खाइलिबिनूर खुर्बान हस्तनिर्मित गलैँचा व्यवसायका अध्यक्ष भएर ७० जनाभन्दा बढी कर्मचारीको व्यवस्थापन गर्नुभएको छ।

सुरूमा उहाँको परिवारले गलैँचा व्यापार पसलको सञ्चालन गरेको थियो। उहाँका बुबाले २००० किलोमिटर टाढाको ह थ्यान शहरबाट गलैँचा खरिद गर्नुपर्थ्यो। बुबाको दुःख हेरेर खाइलिबिनूरले आफ्नो हस्तनिर्मित गलैँचा कारखानाको सुरू गर्ने योजना बनाउनुभएको हो। स्थानीय सरकारको सहयोग पूँजी, छुट ऋण र विशेषज्ञको सहयोगमा उहाँले आफ्नो व्यवसायको सञ्चालन गर्नथाल्नुभएको छ। हरेक वर्ष उहाँको व्यवसायले करिब १ करोड ५० लाख युआनको सिर्जना गरेको छ।

“श्रम हरेक नागरिकको आधारभुत अधिकार र फाइदा हो। महिला व्यापार सुरू गर्नु युगको लहर बनेको छ। श्रम सबैभन्दा गौरव र महनत सबैभन्दा सुखमय हो।” खाइलिबिनूरले यसरी भन्नुभयो। “भविष्यमा हामीले व्यवसायको विकास गर्नुका साथै जातीय हस्तनिर्मित गलैँचाको मार्काको विकास गरेर हाम्रो मार्का चीनबाट विश्वमा फैलिने योजना बनाउँछौं। जसबाट सिनच्याङका अल्पसंख्यक जातीय परम्परागत संस्कृति अझ राम्री उतराधिकार गर्ने र अझ बढी रोजगारको सिर्जना गरेर अझ बढी मान्छेलाई सहयोग गर्ने आशा गरेका छौं। “