राष्ट्राध्यक्ष सीद्वारा हङकङका मुख्य प्रशासकको कार्य प्रतिवेदन सुनुवाइ
2021-01-27 20:34:03CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २७ तारिख दिउँसो भिडियो कन्फरेन्समार्फत् हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक क्यारी ल्यामको कार्य प्रतिवेदन २०२० सुन्नुभएको छ। सो अवसरमा प्रशासक क्यारीले बितेका एक वर्षमा हङकङको कार्य तथा कोभिड महामारी नियन्त्रण तथा रोकथाम अवस्थाबारे जानकारी दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले भन्नुभएको छः एक वर्षभन्दा बढीको समय लागिरहेको कोभिड महामारीबाट अति खुला भएको अन्तर्राष्ट्रिय नगर हङकङमा ठूलो असर गरेको छ तापनि केन्द्रीय सरकारले पहिले जस्तै पछि पनि सबै आवश्यक कदम चालेर हङकङको पूर्ण समर्थन दिँदै जानेछ। राष्ट्राध्यक्ष सीले जिम्मेवार प्रशासक क्यारी र विशेष प्रशासनिक सरकारको कार्यलाई सराहना गर्नुभएको छ।

सो अवसरमा प्रशासक क्यारीले हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारको टोलीसँगै कठिनाइ पार गर्दै हङकङलाई अघि बढाउँदै जाने जोड दिनुभएको छ।