चिनियाँ तथा दक्षिण कोरियाली राष्ट्रनायक बीच टेलिफोन वार्ता
2021-01-27 16:51:22cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २६ तारिख दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग टेलिफोन गर्नुभएको छ। टेलिफोनमा उहाँहरूले दुई देशका जनतालाई दिने बसन्त चाडको शुभकामनाको आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले भन्नुभएको छः सन् २०२० यता महामारीको विश्वव्यापी फैलावट तथा सय वर्षमा देखा नपरेको परिवर्तन भएकोले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिमा गहन रूपमा परिवर्तन पनि देखा परेको छ यसै क्रममा दुवै देशले हातमा हात मिलाएर विभिन्न क्षेत्रमा भएको सहयोगमा फलदायी उपलब्धि हासिल भएको छ। भविष्यमा आपसी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउँदै जाने आशा पनि सीले व्यक्त गर्नुभएको छ।

टेलिफोनमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले चीनसँगको आदानप्रदानलाई घनिष्ट पार्दै महामारी प्रतिरोध, आर्थिक व्यापारिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा हुने सहयोगलाहन गहन पार्दै जाने अपेक्षा प्रकट गर्नुभएको छ।