चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा-1
2021-01-27 16:23:14cri
Share with:

चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा-1_fororder_01

दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको“दक्षिण चीनमा रहेको सानो रमणीय स्थल”मानिन्छ। त्यो वल्लो शान सी प्रान्तको राजधानी थाइ युआन नगरको कछाड क्षेत्रमा पर्ने चिन स नामक बगैंचा हो।

चिन स नामक बगैंचा थाइ युआन नगरको दक्षिण-पश्चिमी भागमा रहेको औंशान नामक पहाडको फेदिमा पर्दछ। त्यो ठाउँ चिन नदीको सिरान क्षेत्र पनि हो। पहाड र नदीबाट घेरिएको सो क्षेत्रमा एक सय जति भवन, मण्डप, बरन्डा,कौसी,धरहरा, बंगला,चौतारो,पुल आदि छन जसले त्यहाँको दृश्यलाई चित्र जस्तै रमणीय बनाएका छन जसले अनगिन्ती पर्यटकहरुलाई आकर्षित गर्दैआएको छ। त्यस रमणीय स्थानको अवलोकन-भ्रमण गर्ने पर्यटकहरुको मनमा सधैंका लागि त्यहीं बस्नपाए हुन्थ्यो भन्ने भावना जागृत हुन्छ। चिन स नामक यो ठाउँ बारेको यो कथा अति रमाइलो छ।

इसा पूर्व एक हजार चौसठ्ठी वर्ष अघि चाउ राज-वंशका निर्माता चाउ वु वाङ्ग नामका सम्राटले शाङ्ग छाउ नामको रजौटालाई पराजित गरेपछिको दुइ वर्षमा दुर्भाग्यवश उनी मरे। त्यसपछि युवाराजाधिराज फै सुङ्ग राजगद्दीमा बसे। इतिहासमा उनलाई चाउ छङ्ग वाङ्ग नामका राजा भनिन्थ्यो। किम्बदन्ती अनुसार, छङ्ग वाङ्ग राजा हुँदा वालकै थिए। हरेक दिन चाउ गुङ्ग नामका मन्त्रीले उनलाई बोकेर राजाको आसनमा बसाउँथे र उनले मन्त्रीको साथमा अरु पदाधिकारीहरुसित भेट-घाट गर्थे। चाउ गुङ्ग नामका ती मन्त्रीले वालक राजा र देशप्रति भक्ति-भाव प्रदर्शन गर्दै मुलुकको शासन-व्यवस्था सञ्चालन गरे। उनले मुलुकमा पटक-पटक भएका केही उपद्रवहरुलाई साम्य पार्नुका साथै राजाबाट कसरी राम्रोसित राज गर्नुपर्छ भन्ने बारेमा वालक राजालाई सिकाए, हुर्काए।