चीनको शान्तिपूर्ण विकास बाटोबारे सीको ब्याख्या
2021-01-28 19:01:16CRI
Share with:

८ वर्षअघिको जनवरी २८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोको कार्यावधि शुरू भएपछि ‘शान्तिपूर्ण विकास बाटोमा दृढता’ विषयक सामूहिक सिकाइ भएको थियो। सो अवधिमा सी चिनफिङले स्पष्टसँग प्रस्तुत गर्नुभयो कि ‘शान्तिपूर्ण विकासको बाटोमा बलियो जग बसाल्नुपर्छ।’ त्यसपछि सीले धेरै ठाँउमा पटक पटक विश्वसामु चीनको शान्तिपूर्ण विकास बाटोबारे ब्याख्या गर्नुभएको छ जुन सी चिनफिङको कूटनीतिक विचारको मुख्य विषय बनेको छ।

वास्तवमा चीन विश्वको दोस्रो ठूलो आर्थिक इकाइ बनेपछि कसैले चिन्ता व्यक्त गर्न थाले र कथित ‘चीन धम्की’ भनाइ पनि देखा पर्न थाल्यो। गलत बुझाइ तथा पूर्वाग्रहको सामना गर्न चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता सी चिनफिङले धेरै ठाँउमा शान्तिपूर्ण विकास बाटोमा हिँड्ने चीनको दृढ निश्चित भावना सुनाइरहनुभएको छ।

सन् २०१४ को मार्च २८ तारिख जर्मनीको कोर्ब कोष सम्मेलनमा सीले भन्नुभएको थियो चिनियाँ शान्तिप्रेमी जाति हुन्। जसरी मान्छेलाई बाँच्नका लागि हावा चाहिन्छ त्यसैगरी चीनलाई शान्ति चाहिन्छ। शक्तिशाली मुलुकको प्रभुत्व बन्ने पुरानो सोचाइलाई चीनले मान्यता दिँदैन। वर्तमान विश्वमा शान्तिपूर्ण विकास बाटो मात्रै दीर्घकालीन चल्छ यसै कारणले चीनले अडिगताका साथ शान्तिपूर्ण विकास बाटोमै अघि बढ्दै जानेछ।

शान्तिपूर्ण विकास बाटोमा स्थिरताका साथ टाढासम्म पुग्नका लागि राम्रो वातावरण हुनुपर्छ। सन् २०१४ को अगष्ट महिनामा सीले छिमेकी मुलुक मंगोलियाको भ्रमण गर्दा चीनको यही बाटो आफू र अरू छिमेकीका लागि हितयुक्त भएको संकेत गर्नुभयो।

वर्तमान विश्वमा सय वर्षमा देखा नपरेको परिवर्तन हुँदैछ र एकपक्षबाद, संरक्षणबाद, प्रभुत्वबाद बढ्दै गइरहेको छ। के गर्ने भन्ने जवाफ दिँदै सीले भन्नुभएको छः विश्व विभिन्न मुलुकका जनताकै संसार हो र विश्वसामु देखा परेका कठिनाइ र चुनौतीहरूको सामना गर्न विभिन्न मुलुकका जनतासँगै मिलेर शान्तिपूर्ण विकास तथा साझा बिजयमार्फत् कोशिश गर्नुपर्छ।