चीनमा विदेशी पूँजी भित्रिँदाको नयाँ रेकर्ड
2021-01-28 10:48:54cri
Share with:

चीनमा विदेशी पूँजी भित्रिँदाको नयाँ रेकर्ड_fororder_src=http___09imgmini.eastday.com_mobile_20200218_20200218082904_2cefe82716c0d05ef16410221f9d753d_1.jpeg&refer=http___09imgmini.eastday

सन् २०२० को कूल गार्हस्थ उत्पादन मात्रा र वैदेशिक व्यापार आदि तथ्याङक पूर्वानुमानभन्दा बढी भएपछि चीनको वाणिज्य मन्त्रालयले जनवरी २० तारिख पछिल्लो तथ्याङ्क सार्वनजिक गरेको छ। जसअनुसार गत वर्ष चीनले वास्तविक प्रयोग गरेको विदेशी पूँजी ९ खर्ब ९९ अर्ब ९८ करोड चिनियाँ युआन पुगेको छ जुन ६.२ प्रतिशतले बढेको छ। जसले ऐतिहासिक नयाँ उच्च रेकर्ड सिर्जना गरेको छ।

सन् २०२० मा विदेशी पूँजी भित्र्याइने मात्रा,वृद्धि परिमाण, विश्व अनुपात गरी तीन क्षेत्रमा चीनले वृद्धि सिर्जना गरेको देखिन्छ। जसबाट के देख्नसकिन्छ भने लगानी गन्तव्यको रुपमा चीनको आकर्षक शक्ति निरन्तर बलियो छ।

ध्यानाकर्षक कुरा के छ भने सन् २०२० चीनको सेवायुक्त व्यवसायले वास्तविक प्रयोग गरेको विदेशी पूँजी ७ खर्ब ७६ अर्ब ७७ करोड चिनियाँ युआन पुगेको छ भने १३.९ प्रतिशतले बढेको छ। उच्च प्राविधिक उद्योगले भित्र्याएको विदेशी पूँजी ११.४ प्रतिशतले बढेको छ। जसबाट हेर्दा चीनको विदेशी पूँजी भित्र्याउने बनौट अझ सुव्यवस्थित भएको छ। यो अवस्था वर्तमान चीनको अर्थतन्त्र उच्च गतिबाट उच्च गुणस्तरको विकाससम्म परिवर्तन भएको माग अनुकूल छ।

सन् २०२० को अभूतपूर्व वर्षमा महामारी प्रभावित ग्लोबल लगानी कम्जोर भएको पृष्ठभूमिमा चीनले विदेशी पूँजी भित्र्याउने शक्ति निरन्तर बलियो रहेको छ। उक्त बलियो शक्ति र चीनद्वारा खुलापनलाई विस्तार गरिनुसँग धेरै सम्बन्धित छ। चीनले लगातार दुई वर्षसम्म 《विदेशी लगानीकर्ताको लगानी व्यवसायको प्रोत्साहन सूचि》संशोधन गर्दै वैदेशिक व्यवसायका लागि अझ बढी अवसर सिर्जना गर्दछ। साथै निरन्तर सुधारिँदै वाणिज्य वातावरणले पनि चिनियाँ बजारको नामलाई प्रसिद्ध बनाएको छ। सन् २०२० जनवरी १ तारिख विदेशी लगानी कानून र यसका नियम औपचारिक रुपमा लागू भएको थियो।

चीनले सार्वनजिक गरेको यस पछिल्लो तथ्याङ्कले विदेश समक्ष एक स्पष्ट सूचना पठाएको छ भने भूमण्डलीकरण र बहुपक्षीयतावादलाई समर्थन गर्दै सहयोग र साझा फाइदालाई व्यवहारमा उतार्नु नै विश्वव्यापी जनताको आशा झल्काएको छ। सन् २०२१ मा चीनले निरन्तर रुपमा खुलापनलाई विस्तार गर्दै अझ बढी विदेशी व्यवसायलाई आकर्षित गर्ने छ। जसले विश्व अर्थतन्त्रका लागि लगातार पुनरुत्थान शक्ति पुर्‍याउने छ।