सी चिनफिङद्वारा नयाँ विकास विचारको पुष्टि
2021-01-29 16:58:06CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोमा जनवरी २८ तारिख दिउँसो ‘चौधौं पञ्च वर्षीय योजनाको अवधिमा चीनको विकासको नयाँ अवस्थाको शुरूआत’ सम्बन्धी सामूहिक सिकाइ भएको छ। पार्टीका महासचिव सी चिनफिङले सो सिकाइको अध्यक्षता गर्दै पुष्टि गर्नुभएको छः नयाँ विकास विचार नै प्रणालीबद्ध सैद्धान्तिक प्रणाली हो र विकासको उद्देश्य, शक्ति र तरिका लगायत शृङ्खलाबद्ध प्रश्नको जवाफ दिइन्छ र विकास सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक अडान, विकास मोडल र बाटोबारे स्पष्ट पारिएको छ। सम्पूर्ण पार्टीले नयाँ विकास विचारलाई पूर्ण रूपमा सही ढङ्गले व्यवहारमा उतार्नुपर्छ र चौधौँ पञ्च वर्षीय योजनाको शुरूआत कार्यलाई राम्रोसँग गर्न प्रत्याभूति दिन प्रयास गर्नुपर्छ।