गुडबेबी समूहद्वारा वैज्ञानिक रुपमा महामारीको रोकथाम र उत्पादनको प्रत्याभूति
2021-01-29 15:04:33cri
Share with:

गुडबेबी समूहद्वारा वैज्ञानिक रुपमा महामारीको रोकथाम र उत्पादनको प्रत्याभूति_fororder___172.100.100.3_temp_9500027_1_9500027_1_1_929bf0cf-bd8e-443c-ba08-1506ad5b330b

कोरोना भाइरस महामारी विश्वभरि फैलिइरहेको छ। महामारीबाट विश्व अर्थतन्त्रमा असर परेको छ। विभिन्न मुलुकको उद्योग-व्यवसायका सामु अभूतपूर्व चुनौती देखापरेको छ। चिनियाँ उद्योग-व्यवसायहरू पनि प्रभावित भएका छन्।

गुडबेबी समूहको मुख्यालय चीनको च्याङ सु प्रान्तीय खुन शान शहरमा पर्दछ। सन् १९८९ मा यो समूहको स्थापना भएको थियो। चीन, अमेरिका, जर्मनी गुडबेबी समूहका सबैभन्दा महत्वपूर्ण तीन वटा बजार हुन्। शक्तिशाली उद्योगको रुपमा रहेको यो समूहको वैदेशिक व्यापारमा सन् २०२० मा कोरोना भाइरस महामारीबाट असर परेको थियो।

धेरै वर्षयता गुडबेबी समूहले यूरोप तथा अमेरिकामा बजार विस्तार गर्दै  “विक्री, अनुसन्धान, उत्पादन, सेवा, आपूर्ति” को वैज्ञानिक संचालन ढाँचा र ब्राण्ड विक्री रणनीतिमार्फत् विदेशमा गुडबेबी समूहका शाखाहरूले प्रभावकारी रुपमा महामारीको सामना गर्ने कारक-तत्वहरूमध्येको एक बनेको छ। यस समूहका अध्यक्ष सुङ चङ व्हान भन्नुहुन्छ “धेरै वर्षदेखि हामीले यूरोप र अमेरिकामा बजारलाई विस्तार गरेका थियौं। यसका साथै हामीले निरन्तर रुपमा नयाँ उत्पादनको विकास गरिरहेका छौं। हाम्रो ब्राण्ड शक्ति र प्रभावशाली निरन्तर रुपमा माथि उकासिएको छ।”