सीद्बारा भियतनामी कम्युनिष्ट पार्टीका नव निर्वाचित महासचिवलाई शुभकामना सन्देश
2021-01-31 19:11:14cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले जनवरी ३१ तारिख न्वान फु ट्रोङलाई शुभकामना सन्देश पठाउँदै उहाँ भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिवमा निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

आफ्नो सन्देशमा महासचिव सीले भियतनामी कम्युनिष्ट पार्टीको १२ औँ महाधिवेशनपछि महासचिव न्वान फु ट्रोङ केन्द्रित रहनुभएको भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अटल नेतृत्वमा भियतनामी कम्युनिष्ट पार्टीले समस्त भियतनामी जनतालाई डोर्‍याएर समाजवादी निर्माण र सुधार कार्यमा शृङ्खलाबद्ध उपलब्धि प्राप्त गरेको कुरा बताउनुभएको छ।

महासचिव न्वान फु ट्रोङसँगै मिलेर रणनीतिक सम्पर्कलाई सबल पार्नुका साथै परम्परागत मित्रतालाई गहन गरी चीन र भियतनाम बीचको सम्पूर्ण रणनीतिक सहकार्य साझेदारी सम्बन्धलाई स्थिर, स्वस्थ र स्थायी रुपमा विकसित पार्दै जान, क्षेत्रीय र विश्व शान्ति, विकास र साझा जित हुने लक्ष्यलाई साकार तुल्याउनका लागि सकारात्मक योगदान गर्दै जान चीन इच्छुक रहेको कुरा पनि महासचिव सीले आफ्नो सन्देशमा औँल्याउनुभएको छ।