चीनप्रति इजरायलका मागा गुरुको माया
2021-02-01 15:57:30cri
Share with:

चीनप्रति इजरायलका मागा गुरुको माया_fororder_2

इजरायलको मागा विश्वमा प्रचलित फाइट गर्ने एक किसिमको सीप हो। जुन इजरायलको राष्ट्रिय रक्षा सेनाबाट सुरु भएको हो। अहिले धेरै मुलुकका विशेष सैनिकहरुले मागाको अभ्यास गर्छन् भने सर्वसाधारणले पनि मागामार्फत आफ्नो सुरक्षा क्षमतालाई सबल पार्नसक्छन्। सन् २०२० मा “इजरायलको फाइट सीपबारे इमी गुरुको व्याख्या” नामक पुस्तकको चिनियाँ भाषाको संस्करण चीनमा छापिएको थियो, जसबाट चिनियाँहरुमा सो सीपप्रति चासो बढेको छ। हिजोआज यस पुस्तकका लेखकहरुमध्येका एक, अन्तर्राष्ट्रिय मागा संघका प्रथम प्रशिक्षक इयाल यानिलोभले हाम्रा सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा उहाँले मागा सिक्ने प्रक्रियामा चिनियाँ कुङ फुलाई पनि मन पराएको बताउनुभयो।

इजरायलका मागा गुरु इयालको घर इजरायलको मध्य भागमा रहेको नेटाया शहर नजिकको एउटा ठूलो चोकमा छ। उहाँका कार्यालय, जीम र घर नजिक छ। उहाँले सानो उमेरदेखि बहादुरको सम्मान गर्नुभयो। चिनियाँ कुङफु चलचित्रको प्रदर्शन इजरायलमा गर्दा उहाँले तुरुन्तै चिनियाँ कुङ फुलाई मन पराउन थाल्नुभयो। त्यसपछि उहाँले मागा सिक्नुभयो।

सन् १९७४ मा १५ वर्षको उमेरमा मैले माध्यमिक विद्यालय पढ्दै थिएँ। त्यस बेलामा कुङ फुको बारेमा चीनको हङकङबाट बनाइएको चलचित्र इजरायलमा देखाइएको थियो। यो चलचित्र हेरेर कुङ फुप्रति मेरो ठूलो चासो थियो। अनि म र मेरा साथीले सँगै मिलेर कुङ फु सम्बन्धी एउटा किताब किन्यौँ। हामीले उक्त किताब बमोजिम तालिम गरेका थियौं। त्यसपछि मेरा साथीले इजरायलमा मागा सीप रहेको जानकारी लिएपछि हामीले मागा सिक्न थालेका थियौँ।

१५ वर्षको उमेरमा इयालले इजरायलका मागा सीपका संस्थापक इमी गुरुको जन्म दिवसको पार्टीमा इमीसँग भेट्नुभएको थियो। दुई महिनापछि इयालले इमी गुरुलाई पछयाएर मागा सीप सिक्न थाल्नुभएको थियो।

इयालले मागा सीप सिक्ने क्रममा चिनियाँ संस्कृति र विचारधाराबारे गहन रुपमा अध्ययन गर्नुभएको थियो। उहाँले धेरै पटक “शास्त्रीय नैतिकता” र “सुन चको युद्धकला” पढ्नुभएको थियो। जसले मागा सीपको अध्ययन गर्न उहाँलाई ठूलो सघाउ पुर्‍याएको थियो।

चिनियाँ दर्शन शास्त्रले मलाई धेरै उपयोगी विचार ल्याएको थियो। मैले धेरै पटक लाउचको “शास्त्रीय नैतिकता” र सुन चको “सुन चको युद्धकला” पढेको थिएँ। यी दुई किताबबाट मलाई धेरै प्रभावित पारिएको थियो। त्यसका अतिरिक्त, मागा सीपको तालिम गर्दा मैले धेरै किसिमको चिनियाँ कुङ फुको अभ्यास गरेको थिएँ।

इजरायलको मागा सीप र चिनियाँ कुङ फु बीचको भिन्नताबारे चर्चा गर्दा इयालले चिनियाँ कुङ फुले शरीरको व्यायाममा महत्व दिन्छ भने मागा सीपले वास्तविक फाइटिङमा महत्व दिन्छ प्रकट गर्नुभयो। आतंककारी गतिबिधि मध्य पूर्व क्षेत्रमा निरन्तर रुपमा देखा परेको कारण इजरायलीहरुले मागा सीप सिक्ने बढी चासो गरेको जानकारी उहाँले गर्नुभयो,

मागा सीप निकै व्यावहारिक छ। मागा सीपको एउटा आधारभूत निर्देशक विचार आफू घाइते हुनबाट जोगिएर फाइटिङ प्रक्रियालाई यथाशीघ्र अन्त्य गर्नु हो। मागा सीप वास्तविकतासँग ‌मिलेको छ। उदाहरणका लागि बसमा र रेस्टुरेण्टमा कसरी आफ्नो संरक्षण गरी आतंककारी तत्वलाई नियन्त्रण गरिनु हो।

इमी गुरु र उहाँका विद्यार्थी इयाल लगायत व्यक्तिहरुको कोसिसमा गत शताब्दीको नब्बेऔं दशकदेखि मागा सीप विश्वमा फैलिंदै आएको छ। सन् १९९५ मा अन्तर्राष्ट्रिय मागा संघको स्थापना गरिएको थियो। ६० वटा मुलुकमा मागा सीप क्लबको स्थापना गरिएको थियो। सन् २०१२ को अन्त्यमा मागाले चिनियाँ बजारमा प्रवेश गरी ४ शाखाको स्थापना गरेको थियो।