यस वर्ष तिब्बती नयाँ वर्षको पहिलो दिन र वसन्त चाडको पहिलो दिन फेरि एकपटक एउटै दिन परेको छ।
तिब्बती पात्रो अनुसार, नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। तिब्बती पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि पन्ध्र दिनसम्म तिब्बती जातिको नव वर्षको अवधि हो। नव वर्षको पहिलो दिनको बिहान सबेरै नयाँ र राम्रा लुगाफाटा लगाएका तिब्बती जवानहरु आपसमा नव वर्षको शुभ कामना आदान-प्रदान गर्छन्।
तर तिब्बती जातिको नव वर्षको ठोस मिति कहिले पर्छ? तिब्बत स्वायत प्रदेशीय तिब्बती अस्पतालअन्तर्गत खगोलीय क्यालेन्डर संस्थानबाट प्राप्त जानकारी अनुसार, सन् २०२१ मा तिब्बती जातिको नव वर्ष फेब्रुअरी १२ तारिखदेखि सुरू हुँदैछ। तिब्बतमा हरेक तिब्बती परिवारसँग《तिब्बत खगोल विज्ञान र मौसम पञ्चांग》छ। यिनीहरूले उक्त पञ्चांग बमोजिम कृषि गर्ने, महोत्सव मनाउने र विवाह तथा अन्त्येष्टिको तयारी गर्ने गर्दछन्।