हिउँदे ओलम्पिक खेलकुदको वैज्ञानिक तथा प्राविधिक पक्षमा उच्च ध्यान
2021-02-03 14:28:00CRI
Share with:

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद सुरू हुन एक वर्ष बाँकी छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले त्यसमा निकै ध्यान दिएर वैज्ञानिक तथा प्राविधिक उपायमार्फत हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने र वैज्ञानिक तथा प्राविधिक नवीन सिर्जना बाटोमा चीनको हिउँदे खेल हिड्नुपर्ने दोहोर्‍याउनुभएको छ।

वैज्ञानिक तथा प्राविधिक आधारमा डिजाइन भएका पैचिङ हिउँदे ओलम्पिक खेलकुद भवनहरूको निमार्ण कार्य अहिले पूरा भएको छ। महामारी फैलिरहे पनि ती कार्य निश्चित तालिकाभन्दा एक वर्ष अगाडि नै पूरा भएका हुन्।

एक अद्भुत ओलम्पिक खेलकुदको आयोजना गर्नु नै चीनले विश्वालाई दिएको वचन हो। सी चिनफिङले पैचिङ हिउँदे ओलम्पिक खेलकुद भवनको निरीक्षण गर्दा भन्नुभएको झैँ चीनले एक हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने मात्रै होइन विशेष तथा अद्वितीय ओलम्पिक खेलकुद देखाउनेछ।