सखरखण्डबाट जीवन पनि गुलियो
2021-02-05 09:47:57cri
Share with:

सखरखण्डबाट जीवन पनि गुलियो_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_50ec28ea-f8b4-4651-bbd9-e6f698b746c9

नोभेम्बर महिनादेखि चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशको नाइ मान जिल्लाको छिङ लुङ शान बस्तीको हु ली गाउँका वासिन्दा आन लीङ लीङले हरेक दिन गाउँ समितिको प्रत्यक्ष प्रसारण कक्षबाट प्रत्यक्ष प्रसारण गर्ने गर्छिन्। पहिले उनी हरेक वर्षको शरद ऋतुमा खेतीपातीमा व्यस्त हुन्थिन्। तर गत वर्षदेखि उनी मोबाइल फोनअगाडि बस्ने काममा व्यस्त छिन्।

सखरखण्डबाट बनाइएको चाउचाउ स्थानीय विशेषतायुक्त खाद्यवस्तु हो। चिनियाँ कम्युनिष्ट पार्टीको हु ली गाउँ समितिका सचिव फु युङ च्यौकाअनुसार, गत वर्ष त्यहाँ प्रशस्त सखरखण्ड फलेको छ। त्यसैले सखरखण्ड र सखरखण्डबाट बनाइएको चाउचाउको मूल्य स्थिर छ। वासिन्दाको प्रति व्यक्तिको चोखो आम्दानी बीस हजार चिनियाँ युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ।