टर्कीकी पूर्व संस्कृति र पर्यटन कन्सुलरद्वारा टर्की र चीनले संस्कृति र पर्यटन क्षेत्रमा आपसी सहयोगलाई सबल पार्ने अपेक्षा
2021-02-08 10:05:01cr
Share with:

टर्कीकी पूर्व संस्कृति र पर्यटन कन्सुलरद्वारा टर्की र चीनले संस्कृति र पर्यटन क्षेत्रमा आपसी सहयोगलाई सबल पार्ने अपेक्षा_fororder_1

भर्खरै आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं सम्मेलनको पाँचौं पूर्ण बैठकमा “राष्ट्रिय आर्थिक र सामाजिक विकासबारे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको चौधौं पञ्च वर्षीय योजना र सन् २०३५ सम्मको लक्ष्य तर्जुमा गर्ने राय-सुझाव” पारित भएको छ। यसको आधारमा तर्जुमा गरिएको चौधौं पञ्च वर्षीय योजना राष्ट्रिय जन कंग्रेस र जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा पारित भएपछि आगामी केही समयमा चीनको विकासलाई लैजाने कार्यक्रम बन्ने छ। टर्कीकी पूर्व संस्कृति र पर्यटन कन्सुलर यीखले चौधौं पञ्च वर्षीय योजनाको अवधिमा टर्की र चीनले संस्कृति र पर्यटन क्षेत्रमा अरु घनिष्ठ सहयोग गर्नसक्ने आशा राखेकी छिन्।

यीखले सन् २००९ को अन्त्यदेखि २०१६ को प्रारम्भमा चीनका लागि टर्कीको राजदूताबासमा संस्कृति र पर्यटन कन्सुलरको पदमा बस्नुभयो। उहाँ टर्की चीन सम्बन्धको तिब्र विकासकी साक्षी हुनुभयो। पाँच वर्षको पदावधिमा उहाँले चीन-टर्की सम्बन्धको स्थापना भएको ४० औं वर्ष, शाङहाई विश्व एक्स्पो, संस्कृति वर्ष लगायत द्विपक्षीय सम्बन्धको इतिहासमा भएका ठूल्ठूला कुरा र चीनको छिटो विकास देख्नुभयो। चीनको युवा पुस्ताले विदेशी भाषा सिक्ने र प्रयोग गर्ने क्षमता उहाँलाई प्रभावित गरिएको छ।