#अल्पसंख्यक जाति# तिब्बतमा गाउँलेको आम्दानी एक सय गुणाले वृद्धि
2021-02-09 11:36:30cr
Share with:

#अल्पसंख्यक जाति# तिब्बतमा गाउँलेको आम्दानी एक सय गुणाले वृद्धि_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_7cccf06c-bc0c-4973-b74f-d07f5b2c2c3b (1)

तिब्बती पात्रोको नव वर्ष र चिनियाँ परम्परागत पात्रोअनुसार वसन्त चाड मनाउने बेलामा तिब्बती शाननान शहरीय नाइतुङ जिल्ला छाङ चु बस्ति ख सुङ समुदाय आवासमा व्यस्त दृश्य देखिएको छ।

शाननान शहरबाट खसुङ समुदायसम्म पुग्न गाडीद्वारा दश मिनेट मात्र लाग्छ। यस समुदायको आवासलाई तिब्बतमा प्रजातान्त्रिक सुधार गर्ने पहिलो गाउँ मानिएको छ। लगभग ६० वर्षअघि यस आवासले सर्वप्रथम प्रजातन्त्रिक सुधार गर्नुका साथै तिब्बती इतिहासमा पहिलोपटक मुक्त भूदासबाट सहभागी प्रजातान्त्रिक निर्वाचनको आयोजना गरेको थियो। यहाँ तिब्बतको पहिलो गाउँस्तरीय चिनियाँ कम्युनिष्ट पार्टी समिति, पहिलो किसान संघ र पहिलो जन समूहको स्थापना भएको छ।