सीद्वारा भियतनाम कम्युनिष्ट पार्टीका महासचिवसँग टेलिफोन-वार्ता
2021-02-09 18:48:28cri
Share with:

फेब्रुअरी ८ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष नुग्एन फू ट्रोंगसँग टेलिफोन वार्ता गर्नुभयो।

सी चिन फिङले नुग्एन फू ट्रोंगलाई भियतनाम कम्युनिष्ट पार्टीको महासचिवमा पुन: निर्वाचित हुनु भएकामा बधाई दिनुभयो। सी चिन फिङले भियतनाम कम्युनिष्ट पार्टीको १३औं राष्ट्रिय महाधिवनेशन सफलतापूर्वक सम्पन्न भएको र नयाँ विकास चरणको लक्ष्य राखेर भियतनामी जनता र राज्यको विकासका लागि ठूलो महत्व दर्साएको पनि उल्लेख गर्नुभयो। सी चिन फिङले चीन र भियतनाम साझा भविष्यसँग एक रणनीतिक समुदाय रहेको भन्दै चीन-भियतनाम सम्बन्धको स्थायी, स्वस्थ र स्थिर विकास दुई पार्टी तथा दुई देश र जनताको मौलिक हितका लागि अनुकूल रहेको औँल्याउनुभयो।

नुग्एन फू ट्रोंगले महासचिव सी चिन फिङको शुभकामनाप्रति धन्यवाद दिनुभयो। उहाँले चीनसँग परम्परागत मैत्री सम्बन्ध विकास गर्नु भियतनाम पार्टी र राज्यको सर्वोच्च प्राथमिकता रहेको छ बताउनुभयो। भियतनामी पक्षले महामारी रोकथाम र नियन्त्रण तथा आर्थिक सुधारमा चीनको उपलब्धिहरूको उच्च मूल्याङ्कन गर्दै उहाँले आफ्नो पहिलो शताब्दी लक्ष्य चीनले सफलतापूर्वक प्राप्त गरेकोमा बधाई दिनुभयो।