राष्ट्राध्यक्ष सीद्बारा चीन र मध्य-पूर्वी युरोपका नेताबीचको शिखर सम्मेलनलाई सम्बोधन
2021-02-09 18:18:57cri
Share with:

चीन र मध्य-पूर्वी युरोपका नेता बीचको शिखर सम्मेलन फेब्रुअरी ९ तारिख भिडियोमार्फत आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो सम्मेलनलाई पैचिङबाट  अध्यक्षता ग्रहण गर्दै सम्बोधन गर्नु भएको छ।

सम्मेलन चिनियाँ पक्षले आरम्भ गरेको थियो। मध्य-पूर्वी युरोपका नेता वा उच्चस्तरीय प्रतिनिधिहरू र चीन तथा मध्य-पूर्वी युरोपका पर्यवेक्षक प्रतिनिधिहरू सम्मेलनमा आमन्त्रित रुपमा सहभागी भएका छन्।

सन् २०१२ को अप्रिलमा, पोल्याण्डमा पहिलोपटक चीन र मध्य-पूर्वी युरोपका नेताहरूको सम्मेलन आयोजना भएको थियो। सो समयदेखि चीन र मध्य-पूर्वी युरोप बीचको सहयोग संयन्त्र औपचारिक स्थापना भएको हो।