राम्रो सल्लाह सुनभन्दा बढी मूल्यवान
2021-02-10 17:59:29cri
Share with:

फेब्रुअरी ९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा भिडियोमार्फत चीन र मध्य-पूर्वी युरोपका नेताबीचको शिखर सम्मेलनलाई अध्यक्षता गर्दै सम्बोधन गर्नुभयो। बोस्निया, हर्जगोविना, चेक आदि पूर्वी युरोपेली देशका नेता, उच्चस्तरीय प्रतिनिधिहरूले उक्त सम्मेलनमा भाग लिएका छन्। राष्ट्राध्यक्ष सीले "एकजुट र सहयोग गर्ने, अगाडि बढ्ने, र सहयोगको नयाँ अध्याय सिर्जना गर्न हात मिलाउने" शीर्षकको मुख्य सम्बोधन गर्नुभयो।

राष्ट्राध्यक्ष सीले १ अर्ब ४० करोड जनसंख्या भएको चीनको ठूलो बजार र ४० करोड भन्दा बढीको मध्यम आय समूह तथा आन्तरिक मागको सम्भावना पूर्ण रूपमा जारी रहेको बताउँदै विश्वका लागि बढी माग र अवसरहरू सिर्जना चीनले गरेको औँल्याउनुभयो। उहाँले मध्य-पूर्वी युरोपेली देशमा  चलेको भनाइ उद्धृत गर्दै भन्नुभयो, 'राम्रो सल्लाह सुनभन्दा बढी मूल्यवान हुन्छ', मलाई आशा छ कि आजको बैठकमार्फत सबैले नयाँ परिस्थितिमा चीन र मध्य-पूर्वी युरोप सहयोगको लागि नयाँ प्रस्ताव प्रस्तुत गर्नेछ र चीन तथा मध्य-पूर्वी युरोप बीचको सहयोगलाई थप स्थिर र विकासका लागि संयुक्त रूपमा प्रवर्द्धन गर्नेछ।