१८ गुफा गाउँको वसन्त
2021-02-10 17:18:48cri
Share with:

८ वर्षअघि पहाडी क्षेत्रमा पर्ने म्याउ जातीय १८ गुफा गाउँले राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणबाट बाह्य ध्यान तानेको थियो। सो अवसरमा सी चिनफिङले लक्षित गरिबी निवारणको विकास नीति प्रस्तुत गरेपछि त्यहाँको ठूलो विकास भएको छ।

१८ गुफा गाउँ हुनान प्रान्तीय एक म्याउ जातीय बसोबास क्षेत्रमा पर्छ। गाउँको छेउमा १८ वटा प्राकृतिक गुफा रहेकाले उक्त नाम रहन गएको हो। पहाडी क्षेत्रमा परेकाले गाउँमा जमिनभन्दा जनसंख्या बढी छ भने जीवन अवस्था गम्भीर छ। सन् २०१३ मा जनसंख्या एक हजारभन्दा कम रहेको उक्त गाउँमा गरिबीको संख्या आधाभन्दा बढी थियो। औसत प्रतिव्यक्तिले प्रयोग गर्नसक्ने रकम १६०० चिनियाँ युआन मात्रै थियो।

सी चिनफिङले स्थानीयहरूसँग भेट गर्दा लक्षित गरिबी निवारणको नीति उठाएर व्यवहारबाट विचार गरी खेती, पशुपालन लगायतका पेशाबाट आय बढाउनेबारे सोच्नुपर्ने दोहोर्‍याउनुभयो। त्यसपछि स्थानीय अवस्थाको आधारमा किवी खेती गर्ने, गाईभैँसी पाल्ने, हस्तकला र पर्यटन उद्योग विकास गर्नेलगायत कार्यक्रम चलाइएको छ। सन् २०१७ मा १८ गुफा गाउँलाई गरिब गाउँको सूचिबाट हटाइएको थियो भने सन् २०२०मा औसत प्रतिव्यक्तिको शुद्ध आय १८ हजार चिनियाँ युआन पुगेको छ।