अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्षद्वारा वसन्त चाडको शुभकामना
2021-02-12 19:23:10cri
Share with:

फेब्रुअरी १२ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमास बाहले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई वसन्त चाडको शुभकामना सन्देश पठाउनुभएको छ।

बाहले चिनियाँ गोरू वर्ष ओलम्पिक खेलकुदका लागि निकै महत्वपूर्ण हुने भन्दै पैचिङ हिउँदे ओलम्पिक खेलकुद नजिकिँदै गर्दा विश्वले शान्ति, एकता र मैत्रीपूर्ण भावनाको निर्देशनमा भेला हुने विचार व्यक्त गर्नुभएको छ। त्यसका लागि चीन तयार भइसकेको छ भने चीनलाई आफ्नो सम्पूर्ण विश्वास रहेको उहाँले सन्देशमा व्यक्त गर्नु भएको छ। अध्यक्ष बाहले हिउँदे खेलमा ३० करोड चिनियाँहरू संलग्न हुने राष्ट्राध्यक्ष सी चिनफिङको इच्छा पूरा हुँदैछ भन्दै राष्ट्राध्यक्ष सी चिनफिङको निर्देशनमा गोरू वर्षमा चिनियाँ खेलाडीहरूले अरू उपलब्धि पाउने आशा आफूले लिएको उल्लेख गर्नुभएको छ।