पुराना क्रान्तिकारी आधार क्षेत्रको विकासमा सी चिनफिङको ध्यान
2021-02-12 17:36:41cri
Share with:

प्राकृतिक, ऐतिहासिक आदि कारणले पुरानो क्रान्तिकारी आधार क्षेत्रहरु कमजोर भइरहेका छन्। धेरै वर्षयता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी जन्मेको र जन गणतन्त्र चीनको स्थापना गर्न ठूलो योगदान गरेको ती आधार क्षेत्रमा पुगेर अवलोकन भ्रमण गर्नुभएको छ।

सन २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हुनु  भएको ४४ दिन पछि सी चिनफिङले पुरानो क्रान्तिकारी आधार क्षेत्र अर्थात् हपै प्रान्तीय लोथोवान गाउँको भ्रमण गर्नुभएको थियो। सो अवसरमा उहाँले पार्टी र सरकारले जनताको माया र क्रान्तिकारी शहीदहरूको आशा बोकेर पुराना क्रान्तिकारी आधार क्षेत्रका सर्वसाधारणलाई सुखमय जीवन प्रदान गर्नुपर्ने दोहोर्‍याउनुभयो।

सन् २०१५ को वसन्त चाडपूर्व सी चिनफिङले ल्याङच्याङह गाउँको भ्रमण गर्नुभइ येनआन शहर पुगेर पल्लो शानसी प्रान्त, कान्सु प्रान्त र निङस्या प्रान्तका पुरानो क्रान्तिकारी आधार क्षेत्रको गरिबी निवारण सम्मेलनको आयोजना गर्नुभयो। सन् २०१६ को वसन्त चाडपूर्व सी चिनफिङले चिनियाँ क्रान्तिको उद्गमस्थलको रूपमा रहेको चिङकाङशानको भ्रमण गर्नुभयो। यसबाहेक सीले शानतोङको लिनयी, फुच्येनको कुथ्येन, क्वीचौको चुनयी, आनह्वीको चिनचाइ, वल्लो शानसीको ल्युल्याङ, हनानको सिन जिल्ला आदि पुराना क्रान्तिकारी आधार क्षेत्रको पनि भ्रमण गर्नुभएको छ।

सी चिनफिङको निर्देशनमा सन् २०२० को नोभेम्बरसम्म चीनभरिका ३५७ वटा पुराना क्रान्तिकारी आधार क्षेत्र सबै गरिबबाट मुक्त भएका छन्।