स्थानान्तरणबाट गरिबी निवारण
2021-02-14 17:24:02cri
Share with:

 

स्थानान्तरणबाट गरिबी निवारण_fororder_QQ图片20210214172114

सन् १९९७ मा निङस्या ह्वै स्वायत्त प्रदेशमा काम गर्दा सी चिन फिङले एउटा ठूलो परियोजना "गाउँ आप्रवासी" कार्यान्वयन गर्नुभएको थियो। आप्रवासी गाउँको नाम "मिनिङ गाँउ" थियो जुन पछि "मिनिङ ग्रामिण"मा परिणत गरिएको थियो। २० बर्ष भन्दा अघि त्यहाँका मानिसहरू गरिबीमा थिए। हालै त्यहाँका गाउँलेको आम्दानी प्रतिव्यक्ति ५ सय युआनबाट बढेर १० हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ।

चीनमा गरीबी निवारण प्रक्रियामा सी चिन फिङले "जीविकोपार्जन लागि कठिन" क्षेत्रमा गरीबी निवारण र आप्रवासी कार्यान्वयन प्रस्ताव गर्नुभयो। अहिले यो गरीबी बिरूद्धको लडाई जित्नको लागि चीनको महत्वपूर्ण साधन भएको छ।

स्थानान्तरणबाट गरिबी निवारण_fororder_QQ图片20210214172107

गोरु नयाँ वर्ष नजिकिँदा, राष्ट्राध्यक्ष सी चिन फिङ बिज्ये, क्वैयाङ र अन्य ठाउँको अवलोकन भ्रमण गर्नुभयो। बिज्ये कुनै समय पश्चिमी चीनको गरिबीले ग्रस्त क्षेत्र थियो। ह्वाउ गाउँ क्षेत्र कुनै समय अत्यन्तै गरिब थियो। हालैका वर्षहरुमा स्थानीयलाई बसाइ सारेर गरीबी निवारण तथा पशुपालन र पर्यटनको विकासबाट गरिबी निवारणलाई पूर्ण रुपमा सफल बनाइएको छ।

तथ्याङ्क अनुसार, "तेह्रौं पञ्चवर्षीय योजना" अवधिमा चीनमा ९६ लाख गरिबलाई नयाँ घरमा सारिएका छ र त्यहाँका बासिन्दाहरू कष्टपूर्ण जीवन सुविधासम्पन्न जीवनमा फर्किएका छन्।

स्थानान्तरणबाट गरिबी निवारण_fororder_QQ图片20210214172118