वालक कालमा चलाख, वयस्कमा कुन्नि-2
2021-02-17 16:46:37CRI
Share with:

कुरो के भने चीनको इतिहासमा कन्फ्युसियसको जीवनकालमा लाओ च नामका अर्का एकजना प्रसिद्ध दार्शनिक थिए। लाओ चको पूर्व नाम लि तान् थियो र उहाँ ताउ सिद्धान्तको संस्थापक हुनुहुन्थ्यो। भनाइ अनुसार त्यस बेला कन्फ्युसियसले नबुझेको कुरा भएमा आफै विद्यार्थी भनेर लि तान अर्थात लाओ चलाई विनम्रताकासाथ सोध्ने गरेका थिए।

वालक कालमा चलाख, वयस्कमा कुन्नि-2_fororder_01

लि युआन् लिको घरमा त्यस दिन धेरै पाहुनाहरु आएका थिए। दश वर्षको उमेर मात्र पुगेका खुन् रुनले यति दार्शनिक तरिकाले र मौका हेरेर जवाफ दिएकोमा ती पाहुनाहरुलाई आश्चर्य लागेको थियो।

यसै बखत छन् वै नामका एकजना व्यक्ति लि युआन् लिसित शिष्टाचार भेट गर्न आए। छन् वै पनि एकजना नामी विद्बान थिए। पाहुनाहरुले खुन् रुनको भर्खरैको कुरा छन् वैलाई सुनाए। छन् वैले कुरा सुनेपछि केही पनि नसोचेर त्यति विचारै नगरिकन भनेः “वालककालमा चलाख, वयस्कमा कुन्नि।“ चलाख खुन् रुनले तत्कालै जवाफ दिंदै भनेः“मेरो विचारमा श्री छन् वालककालमा अवश्य निकै चलाख थिए।“ वास्तवमा खुन् रुनको जवाफको अर्थ होः छन् वै एक दक्षहीन व्यक्ति हो। छन् वैले खुन् रुनको कुरा सुनेर जिल्ल परे, केही बोल्न सकेन।

वालककालमा खुन् रुन निकै ज्ञानी थिए। परीवारका सदस्यहरुले नास्पाति खाँदा उनी ठूला नास्पाति छानेर मान्यजन र आफूभन्दा जेठा-पाकाहरुलाई दिएर साना नास्पाति आफूले खाने गर्थे।

वालक कालमा चलाख, वयस्कमा कुन्नि-2_fororder_02

खुन् रुन ठूला भएपछि निकै ठूला विद्बान बने र एकजना स्थानीय प्रशासक पनि बने। तर त्यस बेला मुलुक पृथक हुनथालेको र इतिहासमा“तीन राज्यकाल”शुरु हुनलागेको थियो। खुन् रुन एकजना परम्परागत धारणाका विव्दान थिए। आफ्नो करनी, कथनी तथा लेखमा समेत उनले बारम्बार वर्तमान परिस्थितिप्रति असन्तोष व्यक्त गरेका थिए। अन्तमा चीनको इतिहासमा अर्का प्रसिद्ध व्यक्ति छाउ छाउले उनलाई मारिदिए।