#आँखीझ्याल# कसरी जितिन् गरिबीलाई ह्विलचेयरमा बस्ने महिलाले?
2021-02-19 09:28:54cri
Share with:

#आँखीझ्याल# कसरी जितिन् गरिबीलाई ह्विलचेयरमा बस्ने महिलाले?_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_6016_8fed9fd7-9589-4037-ac2f-42bfba7aeabf

ह्विलचेयरमा बस्ने ४४ वर्षीय महिलाले टेबुलमा मोबाइल राखेर प्रत्यक्ष प्रसारणमार्फत इन्टर्नेट प्रयोगकर्तालाई आफूले बनाएका जुत्ताबारे जानकारी गर्दैछिन्। यी महिनाको नाम ह वन ह्वा हो। उनी चीनको निङ स्या ह्वै जातीय स्वायत्त प्रदेशको ऊ चुङ शहर ता ह बस्तीको हुङ या गाउँकी वासिन्दा हुन्। उनले स्थानीय प्रसिद्ध कलाकार बन्ने कुरा कल्पना गरेकी थिइन। उनले प्रत्यक्ष प्रसारणमार्फत सामानको बिक्री गरी परिवारलाई गरिबीबाट मुक्त गराएकी छन्।

ह वन ह्वाको जन्मथलो निङ स्याको चुङ वै शहरको हाई युआन जिल्लाको एक कछाड क्षेत्रमा पर्दछ। पैसा कमाउने बाटो नभएका कारण उनले श्रीमानसँग जीवन बिताउन बाहिर काम गर्ने गरेकी थिइन्। सन् २०११ मा ह वन ह्वा बाहिर जाँदा गाडी दुर्घटनामा परिन्। उनका दुई खुट्टामा पक्षाघात भयो। सो दुर्घटनाले उनको जीवन भंग गरिदियो।

ह वन ह्वाकाअनुसार, पछिको दिन उनले सधैं नै ह्विलचेयरमा बस्ने वास्तविकता थाहा पाएपछि उनी अत्यन्त निरास भइन्। त्यस अवधिमा उनका बच्चा सानो थियो। श्रीमानले ह वन ह्वालाई हेरचार गर्न बाहिर जानसक्दैनथे। उनको विचारमा उनी परिवारको बोझ बनिन्।