सी चिनफिङः पार्टीको इतिहासको अध्ययन गर्दै नयाँ स्थितिको सिर्जना गरौं
2021-02-21 16:53:48CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास प्रशिक्षण बैठक फेब्रुअरी २० तारिख पैचिङमा आयोजित भएको छ। सो बैठकमा पार्टीका महासचिव सी चिनफिङले समाजवादी आधुनिकीकरण मुलुकको निर्माण भन्ने नयाँ यात्रा गर्न पार्टीको इतिहासको अध्ययन गर्दै वस्तुगत कार्य गरेर नयाँ स्थितिको सिर्जना गर्न आह्वान गर्नुभएको छ।

चालू वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको शतवार्षिकी हो। सो बैठकमा सम्बोधन गर्दै महासचिव सीले सम्पूर्ण पार्टीले जनतालाई मनको सबभन्दा सर्वोच्च ठाउँमा राखेर सुखमय जीवनको जनअपेक्षा पूर्तिको लक्ष्य राख्नुपर्ने बताउनुभयो।