चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा किर्गिजस्तानका राष्ट्रपति जापरोभसँग फोन वार्ता
2021-02-23 15:53:20cri
Share with:

फेबुअरी २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले किर्गिजस्तानका राष्ट्रपति जापरोभसँग फोन वार्ता गर्नुभएको छ।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सी चिन फिङले चीन र किर्गिजस्तानबीच दौत्य सम्बन्ध स्थापना भएको २९ बर्ष देखि द्विपक्षीय सम्बन्धले स्वस्थ र स्थिर विकासको गतिलाई कायम राखेको बताउनुभयो। दुबै पक्षले एक अर्काको मुख्य चासो सम्बन्धी मुद्दाहरूमा एक अर्कालाई दृढताका साथ समर्थन गर्दैआएको, "बेल्ट र रोड" को संयुक्त निर्माणमा फलदायी परिणामहरू प्राप्त भएको तथा अन्तर्राष्ट्रिय मामिलामा घनिष्ट रुपमा सहयोग गर्दैआएको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चीनले नयाँ विकास ढाँचाको निर्माणलाई गति प्रदान गरेको र उच्च स्तरको खुलापनलाई बढावा दिँदैआएको बताउनुहुँदै किर्गिजस्तान लगायत विश्वका अरू देशहरूलाई विकासका अवसरहरू प्रदान गरेको पनि औंल्याउनुभयो। यसै गरी चीन किर्गिजस्तानलाई नयाँ कोरोना भाइरस महामारीसँग लड्न खोपलगायतका अरू विषयमा गहन सहयोग पुर्‍याउन इच्छुक रहेको पनि राष्ट्राध्य सीले बताउनुभयो।

यसै गरी राष्ट्रपति जापरोभले किर्गिस्तानको आर्थिक र सामाजिक विकासमा मूल्यवान सहयोग पुर्‍याएकोमा र नयाँ कोरोना भाइरस महामारीविरूद्ध लड्न किर्गिजस्तानलाई इमान्दारीपूर्वक समर्थन दिएकोमा चीनलाई धन्यवाद व्यक्त गर्नुभयो।