#समाचार सन्दर्भ# १८ वर्षदेखि 'कृषि, ग्रामीण क्षेत्र तथा किसान' चीनको केन्द्रीत प्राथमिकतामा
2021-02-23 16:48:15CRI
Share with:

#समाचार सन्दर्भ# १८ वर्षदेखि 'कृषि, ग्रामीण क्षेत्र तथा किसान' चीनको केन्द्रीत प्राथमिकतामा_fororder_hima-20210224NHP-3

फेब्रुअरी २१ तरिख चीनको केन्द्रीय सरकारले १ नम्बर दस्तावेज प्रकाशित गर्दै ग्रामीण क्षेत्रको पुनरूत्थानलाई व्यापक विस्तार गर्ने लक्ष्य प्रस्तुत गरेको छ। यो नै चीनको केन्द्रीय सरकारको १ नम्बर दस्तावेजमा लगातार रूपमा ‘कृषि, ग्रामीण क्षेत्र तथा किसान’मा केन्द्रित भएको १८ औँ वर्ष हो।

#समाचार सन्दर्भ# १८ वर्षदेखि 'कृषि, ग्रामीण क्षेत्र तथा किसान' चीनको केन्द्रीत प्राथमिकतामा_fororder_hima-20210224NHP-1

चीन सरकारको १ नम्बरको दस्तावेज निरन्तर १८ वर्षसम्म सो क्षेत्रमा केन्द्रित भएको कारण निकै महत्वपूर्ण छ। १ अर्ब ४० करोड जनसंख्या भएको चीन कृषि प्रधान मुलुक हो। एकातिर, महामारीपश्चातको युगमा उपभोगको नयाँ मोडलको आवश्यकता छ। ग्रामीण उपभोगको जीवन्त शक्तिलाई सक्रिय पार्न र "कृषि, ग्रामीण क्षेत्र र किसानहरू" को आर्थिक लाभलाई उत्प्रेरित गर्नुपर्छ। ती कार्यहरूको कार्यान्वयन गर्न देशको १ नम्बर दस्तावेजको समर्थन आवश्यक हुन्छ। अर्कातिर, महामारी, व्यापार संरक्षणवाद लगायत स्वदेश र विदेशमा देखा परेका विविध चुनौती र खतराको सामना गर्दा "कृषि, ग्रामीण क्षेत्र र किसानहरू" क्षेत्रबाट लचिलोपन देखा परेकाले ती क्षेत्रहरूले देशको सम्पूर्ण अर्थतन्त्रमा आधारभूत टेवा दिने भूमिका निर्वाह गर्न सक्छन्। यसै कारणले कृषिको आधारभूत अवस्थालाई स्थिर राख्दै कृषि, ग्रामीण क्षेत्र तथा किसान शीर्षकमा सो क्षेत्रको जलको राम्रो संरक्षण गरेमा चीनको गार्हस्थ्य अर्थतन्त्रका लागि पनि महत्वपूर्ण र अर्थपूर्ण हुन्छ। उल्लिखित १ नम्बर दस्तावेज लगातार १८ वर्षसम्म कृषि, ग्रामीण क्षेत्र तथा किसान क्षेत्रमा ध्यान केन्द्रित भएबाट ती क्षेत्रमा जोड दिइएको साथै व्यापक चिनियाँ किसानहरूले लाभ पाएको प्रतिविम्वित हुन्छ।

#समाचार सन्दर्भ# १८ वर्षदेखि 'कृषि, ग्रामीण क्षेत्र तथा किसान' चीनको केन्द्रीत प्राथमिकतामा_fororder_hima-20210224NHP-5

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदन वमोजिम, गत वर्ष विश्वमा फैलिरहेको कोभिड महामारीबाट आर्थिक क्षेत्रमा खर्बौं खर्ब क्षतिसँगै स्वास्थ्य तथा खाद्यान्न सुरक्षामा पनि व्यापक क्षति पुगेको छ। १५ करोड जनसंख्या अति गरिब अवस्थामा झरेका छन्। महामारीबाट स्वास्थ्य, अर्थतन्त्रमा परेको गम्भीर असर र भोकमरी समस्या बढिरहेको छ। यस्तो पृष्ठभूमिमा चीनमा भएको गरिबी निवारण कार्यको उपलब्धि अपेक्षाकृत महत्वपूर्ण हुन्छ। चीनको तेह्रौं पञ्च वर्षीय योजना (सन्२०१६-२०२०)को अवधिमा चीनको ग्रामीण क्षेत्रमा रहेको गरिब जनसंख्या सम्पूर्ण रूपमा अति गरिब अवस्थाबाट मुक्त भएका छन् र उनीहरूको जीवनस्तर खानपाउने स्तरमा पुगेको छ।

#समाचार सन्दर्भ# १८ वर्षदेखि 'कृषि, ग्रामीण क्षेत्र तथा किसान' चीनको केन्द्रीत प्राथमिकतामा_fororder_hima-20210224NHP-4

सन् २०२१ चीनमा चौधौँ पञ्च वर्षीय योजनाको कार्यान्वयन शुरू भएको पहिलो वर्ष हो। १ नम्बर दस्तावेजमा ‘सन् २०२१ सम्म कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरण योजना लागू गर्ने छ र सन् २०२५ सम्म कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण प्रगति हासिल गरिने छ’ भन्ने लक्ष्य राखिएको छ। सुन्दर गाँउ, धनी किसान यो नै कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरणको मापदण्ड हो। किसानहरूको जीवन खान पाउनेदेखि राम्रोसँग खानेसक्नेसम्म परिणत गरेर शहरी तथा ग्रामीण क्षेत्र बीचको अन्तरलाई घटाएर शहरी तथा ग्रामीण क्षेत्रका बासीहरूसँग समान सुखमयता हुनेमा आधुनिकीकरणको लक्ष्य साँच्चिकै व्यवहारमा तुल्याएको भन्न सकिने छ।

#समाचार सन्दर्भ# १८ वर्षदेखि 'कृषि, ग्रामीण क्षेत्र तथा किसान' चीनको केन्द्रीत प्राथमिकतामा_fororder_hima-20210224NHP-2

अठारौँ वर्षको १ नम्बर दस्तावेजको प्रकाश तथा कार्यान्वयनबाट सम्पन्न कृषि, धनी किसानहरू तथा सुन्दर गाँउ भन्ने चित्र चीनमा खोलिन थालेको छ। नयाँ युगमा कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरणबाट ग्रामीण क्षेत्रको फड्को मार्ने परिवर्तन देखा पर्नेछ र व्यापक चिनियाँ किसानहरू अझ राम्रो जीवनतिर ठूलो पाइला गर्दै अघि बढिरहेका छन्।