चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा इजिप्टका राष्ट्रपति सीसीसँग फोन वार्ता
2021-02-23 15:54:12cri
Share with:

फेब्रुअरी २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इजिप्टका राष्ट्रपति अब्देलफत्ताह अल सीसीसँग फोन वार्ता गर्नुभएको छ।

सो क्रममा, राष्ट्राध्यक्ष सीले नयाँ चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने इजिप्ट पहिलो अरब तथा अफ्रिकी देश भएको बताउनुहुँदै चीन-इजिप्ट सम्बन्ध चीन-अरब र चीन-अफ्रिका सहयोग र आपसी हितको नमूना भएको औंल्याउनुभएको छ। चीनले इजिप्टको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता जोगाउने प्रयासलाई समर्थन गरेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन इजिप्टसँग खोप सहयोग सुदृढ पार्न, महामारीविरूद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न र मानव स्वास्थ्य समुदायको निर्माणलाई प्रोत्साहित गर्न इच्छुक रहेको पनि जोड दिनुभएको छ।

यसै गरी, इजिप्टका राष्ट्रपति सीसीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औं वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। राष्ट्रपति सीसीले यो वर्ष इजिप्ट र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ औं वार्षिकोत्सव भएको र इजिप्ट र चीनबीच गहन परम्परागत मित्रता रहेको बताउनुभएको छ। साथै राष्ट्रपति सीसीले इजिप्टले सधैँ नै हंगकंग, सिन्च्याङ र ताइवान सम्बन्धी मुद्दाहरूमा चीनको मूलधारणालाई समर्थन गर्दैआएको पनि बताउनुभएको छ।