गरिबी उन्मूलन सम्बन्धमा चीनका शीर्ष नेताको उत्कृष्ट भाषण
2021-02-24 15:27:02cri
Share with:

विगत ८ वर्षमा, विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली लडाइँ पछि चीनमा करिब १० करोड मानिसहरु निरपेक्ष गरिबीबाट मुक्त भएका छन्। साथै चीनले संयुक्त राष्ट्र संघीय दिगो विकास एजेन्डालाई निर्धारित गरिबी न्यूनीकरण लक्ष्य भन्दा १० वर्ष अगाडि हासिल गरेका छन्।

चीनका शीर्ष नेता सी चिन फिङको हृदयमा गरिबी निवारण सबैभन्दा महत्त्वपूर्ण कुरा हो। चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनदेखि शीर्ष नेता सी चिन फिङले धेरै अवसरमा गरिबी उन्मूलन सम्बन्धी धेरै सम्बोधनहरू प्रस्तुत गर्नुभएको छ, जसले जनताको हृदयमा गहिरो छाप बनाएको छ।

स्थानीयदेखि केन्द्रीय सरकारसम्म सी चिन फिङले गरिबी निवारणमा सबैभन्दा धेरै ऊर्जा खर्च गर्नुभएको छ साथै गरिबी निवारण कार्यलाई सफल बनाउन "दृढ तथा निरन्तर मेहनतको भावना "लाई बारम्बार जोड पनि दिनुभएको छ। सन् २०१३ को नोभेम्बर २६ तारिखमा सी चिन फिङले शाङतोङ प्रान्तको ह च शहर र जिल्लाका मुख्य जिम्मेवारी व्यक्तिसँग आयोजित गोष्ठिमा गरिबी उन्मूलन कार्यलाई सफल बनाउन दृढ तथा निरन्तर मेहनतको भावनालाई अगाडि बढाउनुपर्ने औंल्याउनुभएको थियो।

सन् २०१६को जुलाई २० तारिखमा सी चिन फिङले पूर्व-पश्चिम गरिबी उन्मूलन सहयोग संगोष्ठीमा एक महत्त्वपूर्ण सम्बोधन गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, गरिबी भयानक होइन तर मानव ज्ञानको अभाव डरलाग्दो छ, गरिबी उन्मूलन गर्न ज्ञानलाई समर्थन गर्नु पर्छ।