चीन र युरोपेली संघ बीचको वस्तुगत सहयोगबाट खुलस्त विश्व अर्थतन्त्रको निर्माणको लागि महत्वपूर्ण योगदान दिने
2021-02-25 16:37:31cri
Share with:

चीन र युरोपेली संघ बीचको वस्तुगत सहयोगबाट खुलस्त विश्व अर्थतन्त्रको निर्माणको लागि महत्वपूर्ण योगदान दिने_fororder_u=2083030436,1507922537&fm=26&gp=0

युरोपेली संघको तथ्याङ्क व्यूरोले हालै सार्वजनिक गरेको व्यापारिक तथ्याङ्क बमोजिम, सन् २०२०मा चीन अमेरिकालाई नाघेर पहिलो पटक युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। युरोपेली संघका १० वटा व्यापार साझेदारहरूमध्ये व्यापारको आयात निर्यात दुवैतर्फ वृद्धि गर्ने मुलुकमा चीन मात्रै एउटा मुलुक हो।

उता सन् २०२०मा युरोपेली संघ र अमेरिकाबीचको व्यापारको आयात निर्यात दुवै घटेको छ। जर्मनी प्रेस टेलिभिजन च्यानलले रिपोर्ट गरे अनुसार, यस्तो अवस्था देखा परेका कारण गएको अमेरिकी सरकारले युरोपेली संघका उत्पादनमाथि कर बढाएपछि युरोपेली संघले पनि अमेरिकी उत्पादनमाथि जवाफस्वरूप भन्सार कर बढाएको छ।

विस्तृत तथ्याङ्क बमोजिम, यता सन् २०२०मा युरोपेली संघले चीनबाट आयात गरेको सामानमा संलग्न रकम ३ खरब ८३ अरब ५० करोड यूरो भएको छ जुन पोहोर सालको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले वृद्धि भएको छ भने युरोपेली संघले चीनमा निर्यात गरेको सामानमा संलग्न रकम २ खरब २ अरब ५० करोड यूरो भएको छ जुन पोहोर सालको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ। चीनले अरू मुलुकभन्दा चाँडै नै महामारी नियन्त्रण गरेर आर्थिक पुनरूत्थान गरेकोले आयात निर्यातको गतिशीलता वृद्धि भएको ठहर युरोपेली संचारमाध्यमले गरेका छन्।

वास्तवमा चीन युरोपेली संघको सबभन्दा ठूलो व्यापार साझेदार बनेको कुरा दुवै पक्षले नीतिगत क्षेत्रमा गरिरहेको साझा प्रयाससँग घनिष्ट रुपमा सम्बन्धित छ। साथै सन् २०२०मा चीन-युरोपेली संघ व्यापार मूल प्रवाह विपरीत वृद्धि भएको वास्तविकता आपसी व्यापारको राम्रो आधारसँग पनि घनिष्ट रुपमा सम्बन्धित छ। सन् २०१९सम्म युरोपेली संघ १६ वर्षदेखि लगातार चीनको पहिलो व्यापारिक साझेदार बनिरहेको छ भने चीन १५ वर्षदेखि युरोपेली संघको दोस्रो ठूलो व्यापारिक साझेदार रहिरह्यो। चीन-युरोपेली संघ बीचको व्यापारिक विकासबाट के प्रष्ट्याइएको छ भने आर्थिक विश्वव्यापीकरणको आजको अवस्थामा एक अर्काप्रति सहनशील हुँदै संयुक्त हित र साझा जीत नै भविष्यलाई फराकिलो पार्ने ठीक बाटो हो।

सन् २०२१ चीनमा चौधौं पञ्च वर्षीय विकास योजना लागू भएको पहिलो वर्ष हो। यस्तो पृष्ठभूमिमा चीनले विकासको नयाँ संरचनाको निर्माणलाई गतिशील पार्दै उच्च गुणस्तरिय विकासलाई अघि बढाइरहेको छ जुन युरोपेली उद्यमहरूको लागि अझ बढी मौका प्रदान गर्दै छ। चालू वर्ष युरोपेली संघमा ठूलो परिधिको आर्थिक पुनरूत्थान योजनाको कार्यान्वयनको पहिलो वर्ष पनि हो। हरित र डिजिटल नीतिको प्रभावमा चीन र युरोपेली संघले विभिन्न क्षेत्रमा हुने सहयोगलाई गहन पार्ने ठूला सम्भावनाहरू छन्। विश्वका २ वटा ठूला बजार चीन र युरोपेली संघ बीचको वस्तुगत सहयोगबाट महामारीपश्चातको युगमा विश्व अर्थतन्त्रको पुनरूत्थान, विश्व व्यापार तथा लगानीको स्वतन्त्रता तथा सुविधाको प्रवर्द्धन गरिनेमा शंका छैन जसबाट खुलस्त विश्व अर्थतन्त्रको निर्माणको लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।