#आँखीझ्याल# क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको व्हान च्याङ जिल्लाको माउ नान जातिको सुखमय जीवन
2021-02-26 10:13:17cri
Share with:

 

#आँखीझ्याल# क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको व्हान च्याङ जिल्लाको माउ नान जातिको सुखमय जीवन_fororder_1125977285_15893301122481n

माउ नान जाति चीनका अल्पसंख्यक जातिहरूमध्येको एक हो। क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको उत्तर-पश्चिममा पर्ने व्हान च्याङ जिल्ला माउ नान जातिको बाहुल्यता रहेको ठाउँ हो र चीनको एक मात्रै माउ नान प्रशासनिक जिल्ला पनि हो। व्हान च्याङ जिल्लामा माउ नान जातिको जनसंख्या ६४ हजार ५ सय छ र यसले चीनको माउ नान जातिको जनसंख्याको ७० प्रतिशत भाग ओगटेको छ। सन् २०२० मे महिनामा व्हान च्याङ जिल्लालाई गरिब जिल्लाको नामावलीबाट हटाइएको थियो। माउ नान जाति गरिबीबाट मुक्त भएको छ। व्हान च्याङ जिल्लाको माउ नान जातिकी महिला थान ली व्हानको परिवार पनि गरिबीबाट मुक्त भएको छ। उनको परिवारको जीवन अझै राम्रो बन्दैछ।

“पहिले हामी श्या नान गाउँको पहाडी क्षेत्रमा बसेका थियौं। त्यहाँ बिजुली, राजमार्ग केही थिएन। विद्यालय जान र बजार जान दुई, तीन घण्टासम्म पहाडी बाटो हिँड्नुपर्थ्यो। पहिले हामीले मकै र चिनियाँ ज्वारी रोप्ने गर्द्थ्यौं। हाम्रो जीवन अप्ठ्यारो थियो।”

पहिलेको अप्ठ्यारो जीवन र हालको जीवनको तुलना गर्दै थान ली व्हान हाँसिन्। उनी भन्छिन् “सन् २००४ मा हामी यहाँ सरेका हौं। यहाँ धानखेतीयोग्य जमीन धेरै छ। हामीले सुन्तला र उखु पनि रोपेका छौं। हाम्रो परिवारको आम्दानीमा पनि वृद्धि भएको छ। हामीले पहिलेको अप्ठ्यारो जीवनलाई मनमा राखेका छौं र भविष्यमा निरन्तर रुपमा प्रयास गर्ने छौं। हाम्रो जीवन अझै राम्रो बन्ने छ।”