अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्षद्वारा विश्वका खेलाडीहरुलाई पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुन निम्तो
2021-03-01 11:23:37CRI
Share with:

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्षद्वारा विश्वका खेलाडीहरुलाई पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुन निम्तो_fororder_1

 

पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुदको आयोजनाका लागि अब एक वर्ष मात्र बाँकी छ। यसै अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष थोमास बाचले फेब्रअरी ४ तारिख २०६ मुलुक र क्षेत्रका ओलम्पिक खेलकुद समितिलाई निमन्त्रण पत्र पठाएर सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागीका लागि अनुरोधका साथै स्वागत व्यक्त गर्नुभएको छ।

ओलम्पिक खेलकुदको परम्परा अनुसार, ओलम्पिक खेलकुदको उद्घाटनका लागि एक वर्ष बाँकी रहँदा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदका अध्यक्षले विश्वका खेलाडीहरुलाई सहभागिताका लागि निम्तो पठाउने चलन छ। फेब्रअरी ४ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष थोमास बाचले स्विजर्ल्याण्डको लासान शहरमा २०६ मुलुक र क्षेत्रका ओलम्पिक खेलकुद समितिलाई सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुन निमन्त्रण पत्र पठाउनुभएको छ।

एक वर्षपछि पैचिङले नयाँ इतिहासको सिर्जना गर्ने छ। किनभने इतिहासमा ग्रीष्मकालीन ओलम्पिक खेलकुद र हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने पहिलो शहर पैचिङ बन्ने छ। आज म गौरवान्वित हुँदै विभिन्न मुलुक र क्षेत्रका ओलम्पिक खेलकुद समिति र विभिन्न खेलाडीहरुलाई पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुन आमन्त्रण गर्छु।

यस पटक कोरोना महामारीको प्रभावमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिले उक्त कार्यक्रम भिडियोमार्फत् यस समारोहको आयोजना गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्षले स्विजर्ल्याण्डको लासान शहरमा अवस्थित ओलम्पिक परिवारमा रहेका ८ मुलुकका ओलम्पिक खेलकुद समितिलाई लिखित निमन्त्रणा पत्रमा सही पनि गर्नुभएको थियो।

पहिलो निमन्त्रणा पत्र ग्रीसको ओलम्पिक खेलकुद समितिलाई दिइएको छ। किनभने प्राचीन ग्रीस ३ हजार वर्षअघि ओलम्पिक खेलकुदको जन्मस्थल थियो। र अरु निमन्त्रणा पत्रहरू भविष्यमा ओलम्पिक खेलकुदको आयोजना गर्ने मुलुक र पाँच महाद्वीपको ओलम्पिक खेलकुद समितिलाई दिइएको छ। ती समितिहरू टोकियो २०२० ओलम्पिक खेलकुदको प्रतिनिधित्व गर्ने जापानको ओलम्पिक खेलकुद समिति, पेरिस २०२४ ओलम्पिक खेलकुदको प्रतिनिधित्व गर्ने फ्रान्सको ओलम्पिक खेलकुद समिति, मिलान २०२६ हिउँदे ओलम्पिक खेलकुदको प्रतिनिधित्व गर्ने इटालीको ओलम्पिक खेलकुद समिति, लस एन्जलस २०२८ ओलम्पिक खेलकुदको प्रतिनिधित्व गर्ने अमेरिकाको ओलम्पिक खेलकुद समिति, गएको हिउँदे ओलम्पिक खेलकुदमा ओशिनिया महाद्वीपको सबैभन्दा ठूलो टोलीको प्रतिनिधित्व गर्ने अस्ट्रेलियाको ओलम्पिक खेलकुद समिति, गएको हिउँदे ओलम्पिक खेलकुदमा अफ्रिका महाद्वीपको सबैभन्दा ठूलो टोलीको प्रतिनिधित्व गर्ने नाइजेरियाको ओलम्पिक खेलकुद समिति हुन्। अन्तिम निमन्त्रणा पत्र आयोजक मुलुकको प्रतिनिधित्व गर्ने चिनियाँ ओलम्पिक खेलकुद समितिलाई दिइएको छ। यी ८ मुलुकका ओलम्पिक खेलकुद समितिले भिडियो मार्फत् निमन्त्रणा पत्र स्वीकार गरेका छन्।

सो भिडियोमा बाचले अब सम्पूर्ण विश्वले चिनियाँ जनताले धेरै पटक देखाएका उत्साह र प्रभावकारी व्यवस्थापनको साक्षी हुनसकिने भन्दै चिनियाँ साथीहरुले एउटा भव्य हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने बताउनुभयो।

चीनले कोरोना महामारीको प्रभावकारी रुपमा नियन्त्रण गरेको देखेपछि हामी निकै विश्वस्त छौं। हाम्रो आयोजक मुलुकले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिसँगै मिलेर सहयोग गरी ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूति दिने छ। हरेक पटक चीनको भ्रमण गर्दा सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदप्रति चिनियाँ जनताका उत्साह र समर्थनको मेरो मनमा गहिरो छाप परेको छ। त्यसैले हामी अब पूर्ण विश्वास लिएर चीनले तयारी गरिसकेको भन्नसक्छौं। विश्वका सबैभन्दा उत्कृष्ट हिउँदे खेलाडीहरुलाई अविस्मरणीय रहने २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा भाग लिन स्वागत गर्छौं। विश्वव्यापी रूपमा उक्त भव्य समारोह सफल रहने अपेक्षा गर्छौं। सन् २०२२ मा पैचिङमा भेटौंला।